‘कांग्रेस नेता कोइरालाको त्याग, समर्पण र योगदान स्मरणीय’

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको नवौँ स्मृतिका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

फाउण्डेशनले आज शालिन, सरल र सादगी राजनीतिज्ञ कोइरालाले नेपाली जनताको संविधान बनाउने सात दशक लामो अपेक्षालाई सार्थक बनाउन अग्रणी नेतृत्व प्रदान गर्नुभएको ऐतिहासिक योगदान सबैको स्मृतिमा ताजै रहेको जनाएको छ ।

दोस्रो संविधानसभाले २०७२ सालमा बनाएको नेपालको संविधानलाई मान्य बनाउन र लागू गर्न उहाँले अनेक व्यवधान र कठिनाइ छिचोल्दै सफल हनुभएको तथ्य पनि जगजाहेर नै रहेको फाउण्डेशनका अध्यक्ष एवं कांग्रेसका नेता डा शशाङ्क कोइरालाद्वारा जारी सन्देशमा उल्लेख छ ।

आफ्नो राजनीतिक जीवन देश, जनता र लोकतन्त्रको पक्षमा समर्पित गर्नुभएका निष्ठाका प्रतीक कोइरालाले सदैव देशको सार्वभौमिकता, जनताको हित र लोकतन्त्रको स्थापना एवं सुदृढीकरण नै आफ्नो राजनीतिक उद्देश्य हो भन्नुहुन्थ्यो । “देशको हित र जनताको उन्नतिभन्दा ठूलो हाम्रो अर्को कुनै लक्ष्य हुन सक्दैन ।

यही मान्यताको पक्षमा अनेक अभावबीच पनि कोइरालाले त्याग, समर्पण र योगदान गर्नुभएको सन्देशमा उल्लेख छ । सहमति, सहकार्य र एकताको मेलमिलाप सूत्रका प्रयोक्ता राजनीतिज्ञ कोइराला यही चिन्तन र एकबद्ध निष्ठाले नेपालको इतिहाससमेत गौरवान्वित भएको हामी ठान्दछौँ”, सन्देशमा जनाइएको छ ।

अध्यक्ष कोइरालाले स्मृति दिनको अवसरमा श्रद्धाञ्जलि अर्पण गर्दै संविधान कार्यान्वयनको प्रमुख दायित्वमा रहेका सरकार, राजनीतिक दल, नागरिक समाज र नेपाली जनताको सकारात्मक भूमिका रहने विश्वास फाउण्डेशनले लिएको उल्लेख गर्नुभएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
haze
23° _ 23°
60%
4 km/h
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
22 °C
मंगल
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ