गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनासहित आठ जनाविरुद्ध भ्रष्टाचार आरोप

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

स्याङ्जा । गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनासहित आठ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोप लागेको छ । गल्याङ–३ को पकवादी सहकारी संस्थाको भवन निर्माण विनियोजित बजेट हिनामिना तथा जग्गाधनी प्रमाणपुर्जा देखाएर अर्को ठाउँमा भवन बनाएको र सडकको मापदण्ड मिचेको भन्दै आरोपपत्र दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौँमा उपप्रमुख तथा सहकारीका तत्कालीन उपाध्यक्ष तिमिल्सिना, कृषि विकास निर्देशनालय गण्डकीका निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, इन्जिनियर विश्वनाथ पौडेल, अर्थबिज्ञ भानुभक्त भट्टराई, सहकारीका तत्कालीन अध्यक्ष हरिलाल खनाल, सचिव परशुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ, गल्याङका व्यवसायी महेन्द्र भनिने श्रीमप्रसाद श्रेष्ठविरुद्ध आरोपपत्र दायर गरिएको हो ।

यहाँ श्रीप्रसादको कित्ता नं ५३८ र ५४२ नम्बरको जग्गा सम्झौता गरी सोही अनुसारको जग्गा यकिन नगरी सडक विभागको अधिकार क्षेत्रभित्र रहेको कित्ता नं २९२३ र २९२४ जग्गामा नगरपालिकाबाट नक्सा पास नगरी भवन बनाइएको छ ।

भवन निर्माण गर्न भनी कृषि निर्देशनालय, गण्डकी प्रदेश पोखराबाट २०७५–७६ मा २८ लाख ३७ हजार २१७ रुपियाँ अनुदान प्राप्त गरेको थियो ।

आरोपपत्र दायर भएको आठै जना विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम कसुर भएकाले ऐनको दफा ३ (१) र ३ (१) छ बमोजिम कैद तथा जनही २८ लाख ३७ हजार २१७ रुपियाँ बिगो, माग दाबी गरिएको छ ।

सम्झौता विपरीत निर्माण गरिएको संरचना अविलम्ब हटाउन सडकले जानकारी दिएको र भविष्यमा अस्तित्वमा नरहने र खर्च खेर गई सरकारी सम्पत्ति हानी नोक्सानी हुने गरी कार्य गरेको हुँदा सजायको माग गरिएको छ ।

उपप्रमुख तिमिल्सिना अहिलेको सहकारीको अध्यक्ष समेत रहनुभएको छ भने भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम कुनै व्यक्ति वा राष्ट्रसेवक कर्मचारीविरुद्ध दफा ३६ बमोजिम मुद्दा दायर भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
thunderstorm
17° _ 17°
55%
9 km/h
मंगल
21 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ