पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

दमौली (तनहुँ), पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शनिबार राति ७ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि आज बिहानै पुनः पहिरो खसेको हो । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
88%
2 km/h
शुक्र
24 °C
शनि
20 °C
आइत
22 °C
सोम
24 °C
मंगल
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ