दमौली (तनहुँ), पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शनिबार राति ७ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि आज बिहानै पुनः पहिरो खसेको हो । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध

प्रतिक्रिया
ट्रेन्डिङ
नोबेल विजेता आङ सान सुकीको ‘लेट्स भिजिट नेपाल’: ४१ वर्षअघि विश्वलाई नेपाल चिनाउने किताब, लेखक भने अझै नजरबन्दमा
नेपाल भ्रमण वर्ष र नेपाल पर्यटन बोर्ड जन्मनुअघि नै म्यानमारकी लोकतन्त्रवादी नेत्रीले लन्डनबाट नेपालबारे पुस्तक…
‘साहित्य मन थाइल्याण्ड’ को २९औँ शृङ्खलामा बालसिर्जना र प्रतिभाको भव्य प्रस्तुति
बैंकक - साहित्य मन थाइल्याण्डको आयोजनामा ‘आदर्श दिव्य दर्पण’ को २९औँ शृङ्खला भव्यताका साथ सम्पन्न…

