अमेरिकाबाट डिपोर्ट भएका ८ नेपालीको बयान:स्वदेशमा रोजगारीको अवसर नभएकाले अमेरिका जान बाध्य

सञ्जु शर्मा
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं: अमेरिका प्रवेश गर्न खोज्दा पक्राउ परेर डिपोर्ट भएका ८ नेपाली नागरिकलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले परिवारको जिम्मा लगाएको छ।

ब्यूरोका एसपी नरेन्द्र कुँवरका अनुसार उनीहरूमार्फत मानव तस्करीको कुनै ठोस प्रमाण फेला पर्ने आशामा सोधपुछ गरिएको थियो। “तर, उहाँहरुमध्ये धेरैले त्यस्तो सूचना दिने इच्छा व्यक्त गर्नुभएन,” उनले भने।

डिपोर्ट भएका नेपालीहरूले अमेरिका पुग्नुअघि विभिन्न मुलुकमा भिजिट भिसामा गएका थिए। तर, व्यक्तिगत लेनदेन र बिचौलियाबारे विस्तृत विवरण खुलाउन उनीहरू इच्छुक देखिएनन्।

अहिले उनीहरूलाई परिवारको जिम्मा लगाइएको भए पनि प्रहरीले रेडर्क (निगरानीं) राख्ने जनाएको छ। ब्यूरोका अनुसार यो मामलालाई थप अनुसन्धान गर्दै फलोअप गरिनेछ।

बुधबार बिहान १० बजे ग्रिफान एयरको चार्टर्ड विमानमार्फत उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए। अध्यागमन विभागले उनीहरूलाई थप अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाएको थियो।

सोधपुछका क्रममा उनीहरूलाई अमेरिकन प्रहरीले हत्कडी र नेल लगाएर ल्याएको खुलेको छ। ट्रान्जिटपछि भने खुट्टाको नेल खोलिएको उनीहरूले बताएका छन्।

प्रहरीका अनुसार डिपोर्ट गरिएका ८ जना करिब ६ महिना अगाडि मात्रै अवैध बाटो हुँदै अमेरिका पुगेका थिए। उनीहरूले बिचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएर मध्यपूर्व, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका पुगेका थिए।

“जंगल, खोला, समुद्र हुँदै महिनौं लामो यात्रा गरेर अमेरिका पुगेका थिए,” एक अनुसन्धान अधिकृतले बताए, “तर, त्यहाँ पुगेलगत्तै समातिएका रहेछन्।”

प्रहरीसँगको सोधपुछमा उनीहरूले स्वदेशमा रोजगारीको अवसर नभएकाले अमेरिका जान बाध्य भएको बताएका छन्।

सेयर: 10
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
few clouds
9° _ 9°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
25 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ