डीआईजी अर्जुन चन्दलाई १० दिन विदा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दको राजीनामा अघि बढाउन प्रहरी प्रधान कार्यालयले आनाकानी गरेपछि १० दिनको बिदा स्वीकृत भएको छ । शुक्रबार प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेस गरेका थिए ।

चन्दले दिएको राजीनामाबारे ‘छलफल’ भइरहेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । आईजीपी बसन्त कुँवरसँग छलफल गरेपछि चन्दले बिदा लिनुभएको हो ।

डीआईजी चन्दको विदा आईजीपी कुँवरले स्वीकृत गर्नुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिको सिफारिस प्रति डीआईजी चन्द असन्तुष्ट थिए ।

समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेलाई सचेत गराउन सिफारिस गरेको थियो । चेकजाँचमा संलग्न प्रहरी जवानलाई पनि विभागीय कारबाहीको सिफारिस गरेपछि चन्दले असन्तुष्टि जनाउँदै भनेका थिए,‘मेरो जवानको गल्ती नहुँदा पनि मैले जोगाउन सकिन ।’

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
broken clouds
13° _ 13°
94%
1 km/h
शनि
13 °C
आइत
20 °C
सोम
20 °C
मंगल
22 °C
बुध
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ