तराई–मधेस जागरण अभियान सम्बन्धमा माओवादीमा छलफल

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ: नेकपा (माओवादी केन्द्र)ले तराई–मधेसका क्षेत्रमा पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले तराई–मधेस (हुलाकी राजमार्ग) जागरण अभियानको तयारीका सम्बन्धमा छलफल गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा आगामी चैत १ देखि १५ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको अभियानका बारेमा छलफल भएको सचिव गणेश साहले राससलाई जानकारी दिनुभयो ।

उक्त अभियानको ‘रुट’का सम्बन्धमा पनि बैठकमा सामान्य छलफल भएको उहाँले बताउनुभयो । अभियान झापाको चन्द्रगढीबाट सुरु भएर वीरगन्ज, ठोरी, माडी चितवन हुँदै पश्चिम नेपालसम्म पुग्नेछ । हुलाकी राजमार्गलाई आधार मानेर अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ ।

गत भदौदेखि पुससम्म देशभर चलेको ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ सफल भएको निष्कर्ष निकालेको माओवादीले तराई–मधेस लक्षित जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । आजको बैठकमा अघिल्लो रुपान्तरण अभियानको समीक्षासमेत भएको सचिव साहले जानकारी दिनुभयो ।

बैठकले अभियानको मूल्याङ्क गर्दै सहयोग गर्नेलाई पुरस्कार र असहयोग गर्नेलाई दण्डको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । बैठकमा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका इन्चार्जले अभियानका बारेमा ‘रिपोर्टिङ’ गर्नुभएको थियो । स्थायी समिति बैठक भोलि अपराह्न १ बजे पुनः बस्ने तय भएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
few clouds
16° _ 16°
51%
1 km/h
आइत
25 °C
सोम
28 °C
मंगल
29 °C
बुध
29 °C
बिहि
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ