मिक्वाखोलाका भूमिहीनलाई निस्सा वितरण

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

ताप्लेजुङ: ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीनलाई निस्सा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग ताप्लेजुङको समन्वयमा दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दैआएका परिवारलाई निस्सा वितरण गरेको हो । मिक्वखोला–१ र २ मा आठ-आठ परिवारलाई निस्सा वितरण गरिएको हो ।

मिक्वखोला–३ मा दुई, वडा नं ४ मा तथा वडा नं ५ मा दुई परिवारलाई निस्सा वितरण गरिएको मिक्वाखोलाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङयाले जानकारी दिनुभयो । निस्सा वितरण गरेसँगै जग्गा खोजी गरी केही महिनापछि उपलब्ध गराउने गरी पालिकाले काम गरिरहेको उहाँले बताउनुभयो ।

निस्सा पाएपछि जग्गा पाउने आशले भूमिहीन स्थानीय खुसी भएका छन् । राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष कुमार बस्नेतका अनुसार निस्सा वितरण गर्ने मिक्वाखोला गाउँपालिका जिल्लाको दोस्रो स्थानीय तह हो । यसअघि गत पुस २७ गते फुङ्लिङ नगरपालिकामा राष्ट्रिय भूमि आयोगले नगरपालिकाभित्रका ३६ दलित, ७० सुकुम्बासी र ११ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको थियो ।

निस्सा पाएका परिवारले सम्बन्धित वडामा जग्गा प्राप्तिका लागि आफ्नो दाबी प्रस्तुत गर्न पाउने अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँका अनुसार प्रमाणीकरणमा परी निस्सा पाएका परिवारले बजार क्षेत्रमा न्यूनतम चार आना र बजार बाहिर एक रोपनीसम्म जग्गा प्राप्त गर्नेछन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
drizzle
22° _ 22°
49%
7 km/h
शुक्र
21 °C
शनि
20 °C
आइत
21 °C
सोम
23 °C
मंगल
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ