आगलागीमा परी घाइते भएका बाबुछोरीको मृत्यु

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

कालीकोट : कालीकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईँको बुधबार दिउँसो मृत्यु भएको छ ।

यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते भएका चौलागाईँको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले मृत्यु भएको हो ।

शुक्रबार घरमुनिको वनमा गोठालो गएका बुवालाई दिउँसोको खाजा रोटी पु¥याउन गएकी १२ वर्षीया छोरी हेमन्ती पनि आगोमा जलेर घाइते हुनुभएको थियो ।

घाइते बाबुछोरीलाई शनिबार बेलुकी हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लगिएको थियो । छोरी हेमन्तीको सोमबार उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश अस्पताल स्रोतले जनाएको छ ।

नन्दरामलाई चार दिनदेखि सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिरहेकामा बुधबार दिउँसो मृत्यु भएको अस्पतालका डा केएन पौडेलले जानकारी दिनुभयो । चौलागाईँको आज सुर्खेतस्थित भेरी नदीमा दाहसंस्कार गरिने आफन्त हीरामणि चौलागाईँले बताउनुभयो । आगलागीमा चौलागाईँका ४५ वटा बाख्रा पनि जलेर मरेका थिए ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
few clouds
14° _ 14°
100%
2 km/h
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ