Ad imageAd image

एकैदिन तोलामा २ हजार ६०० रुपैयाँले बृद्धि

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  केहि दिन सुस्ताएको सुनको भाउ फेरि बढ्न थालेको छ। बिहीबार एकैदिन सुन तोलामा २ हजार ६०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसअघि फागुन २७ गते सुन सबैभन्दा उच्च मूल्य १ लाख २६ हजार रुपैयाँमा पुगेको थियो। बिहीबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो। बिहीबार सुनसँगै चाँदीको भाउ पनि उच्च दरमा बढेको छ। बिहीबार चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५५५ रुपैयाँ पुगेको छ।

बुधबार चाँदी प्रतितोला १ हजार ५२० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दो क्रममा छ। नेपालमा पनि सुनको भाउ अन्तराष्ट्रिय बजारमा हुने घटबढ्को आधारमा नै निर्धारण हुन्छ यसले गर्दा नेपालमा पनि सुनको भाउ लगातार बढीरहेको छ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
light rain
25° _ 25°
49%
2 km/h
शुक्र
24 °C
शनि
22 °C
आइत
23 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ