परराष्ट्र सचिव सेवा लम्साल भारत प्रस्थान

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, आठौँ एसिया इकोनोमिक डाइलगमा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल आज भारत प्रस्थान गर्नुभएको छ । यही फागुन १७ देखि १९ गतेसम्म भारतको पुनेमा आयोजना हुने सो कार्यक्रममा परराष्ट्र सचिव लम्साल नेतृत्वको प्रतिनिधिमण्डल उद्घाटन सत्रमा सहभागी हुनेछ ।

भ्रमणका क्रममा सचिव लम्साल नेत्वको प्रतिनिधिमण्डलले भारतका विदेशसचिव विनयमोहन क्वात्रासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एसियन इकोनोमिक डाइलग वार्षिकरुमपा आयोजना हुने बहुपक्षीय सम्मेलन हो । भारतीय विदेश मन्त्रालय र पुने इन्टरनेसनल सेन्टरले संयुक्तरुपमा सम्मेलनको आयोजना गरेको हो ।

समसामयिक विषयमा छलफल हुने उक्त कार्यक्रममा विभिन्न देशका प्रतिनिधि सहभागी हुनेछन् । कार्यक्रममा सहभागी भई परराष्ट्र सचिव लम्साल यही फागुन १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
few clouds
13° _ 13°
71%
1 km/h
शुक्र
26 °C
शनि
12 °C
आइत
18 °C
सोम
20 °C
मंगल
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ