Ad imageAd image

परराष्ट्र सचिव सेवा लम्साल र भारतका विदेशमन्त्रीसँगको भेटमा के भयो ?

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, भारत भ्रमणमा रहनुभएकी परराष्ट्र सचिव सेवा लम्सालले आज अपराह्न त्यहाँका बाह्य मामिलामन्त्री डा सुव्रमण्यम जयशङ्करसँग शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे छलफल भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

परराष्ट्र सचिव लम्साल भारतको पुनेमा आगामी बिहीबारदेखि आयोजना हुने एसियाली आर्थिक संवाद २०२४ को उद्घाटन समारोहमा सहभागी हुने सिलसिलामा हाल नयाँदिल्लीमा हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
few clouds
25° _ 25°
65%
2 km/h
बुध
27 °C
बिहि
24 °C
शुक्र
16 °C
शनि
21 °C
आइत
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ