शुक्रबारको प्रदर्शन ज्ञानेन्द्र शाहकै योजनामा हो, कडा कारवाही होस : सापकोटा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि प्रसाद सापकोटाले शुक्रबारको प्रदर्शन ज्ञानेन्द्र शाहको योजनामा भएको भन्दै प्रदर्शनका आयोजकलाई सम्पूर्ण घटनाप्रति जवाफदेही बनाउन र अझ गम्भीर अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

उनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार गरेको प्रदर्शन विध्वंशको पराकाष्ट भएको बताएका हुन् ।

‘ज्ञानेन्द्र शाहको योजनामा उनका मतियारहरूले शुक्रबार गरेको प्रदर्शन विध्वंशको पराकाष्ट थियो । हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक तथा सविन महर्जनको मृत्यु भएको छ ।  साथै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय एवं निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने, सञ्चार गृह र औषधि कारखानामा आगो लगाउने, डिपार्टमेन्ट स्टोर भित्र पसेर सामानहरु लुट्ने जस्ता डकैतीजन्य, अमानवीय र अराजक कार्यको घोर भ्रत्सना एवं निन्दा गर्दछु,’ उनले लेखेका छन् ।

उनले शुक्रबारको समाजवादी मोर्चाको बृहत् जनप्रदर्शन र जनसभाले तत्कालिक रुपमा सरकारप्रति खबरदारी र ज्ञानेन्द्र शाहको योजनाबद्ध उक्साहटमा उदण्ड जत्थालाई एकैसाथ मुखतोड जवाफ दिएको बताए ।

यसका साथै उनले जनताको गणतन्त्र स्थापनाका लागि एउटा ऐतिहासिक कोसेढुङ्गाको काम गरेको पनि बताए । प्रवक्ता सापकोटाले जनसभामा सहभागिता भएकाहरुलाई धन्यवाद समेत दिएका छन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
haze
21° _ 21°
32%
2 km/h
बुध
31 °C
बिहि
31 °C
शुक्र
32 °C
शनि
33 °C
आइत
17 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ