युवा संघ नेपालको बैठकबाट भुवन विक्रम पाण्डे केन्द्रीय कोषाध्यक्षमा नियुक्त

प्रज्वला खड्का
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

लालबन्दी (सर्लाही) । युवा संघ नेपालका पदाधिकारी तथा कार्यालय समितिको बैठकले मधेश प्रदेश, सर्लाही जिल्ला, लालबन्दी नगरपालिकाका भुवन विक्रम पाण्डेलाई केन्द्रीय समितिको कोषाध्यक्षमा नियुक्त गरेको छ।

पाण्डेलाई प्राप्त यस जिम्मेवारीप्रति शुभेच्छुकहरूले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। यसैबीच, पार्टीभित्र देखिएको आन्तरिक विवादका कारण युवा संघ नेपालमा समानान्तर कमिटी समेत घोषणा भएको छ।

पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष माधवकुमार नेपाल पक्षको नवौँ महाधिवेशन आयोजक कमिटीका पदाधिकारी तथा सदस्यलाई आइतबार शपथ दिलाएका थिए। सोही दिन झलनाथ खनाल पक्षका युवाले काठमाडौँमा आयोजित भेलाबाट समानान्तर कमिटी घोषणा गरेका हुन्। समानान्तर कमिटीको नेतृत्व सञ्जीव राईले लिएका छन्।

खनाल पक्षका नेतृ रेखा लोप्चनले नेपाल पक्षले मनोमानीपूर्ण व्यवहार गरेको आरोप लगाउँदै संगठनका कार्यकर्तामाथि निषेधकारी व्यवहार भएपछि यस्तो कदम चाल्न बाध्य भएको बताउनुभयो। यसअघि साउन १७ गते रोशन थापाको नेतृत्वमा घोषणा गरिएको नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई खनाल पक्षले अस्वीकार गर्दै आएको छ।

सोही कमिटीमा सहसंयोजकका रूपमा समावेश गरिएका सञ्जीव राईले तत्कालै सामाजिक सञ्जालमार्फत उक्त जिम्मेवारी अस्वीकार गर्दै, “युवा संघको नाममा जारी भएको कथित महाधिवेशन आयोजक कमिटीको भ्रममा नपर्न संघ सम्बद्ध सम्पूर्ण कमरेडहरूलाई अनुरोध गर्दछु” भन्ने प्रतिक्रिया सार्वजनिक गर्नुभएको थियो।

सेयर: 12
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
few clouds
18° _ 18°
72%
शनि
30 °C
आइत
26 °C
सोम
25 °C
मंगल
24 °C
बुध
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ