Ad imageAd image

रक्षा नेपालको ‘सामाजिक परीक्षण’

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं- रक्षा नेपालले आफ्नो ‘सामाजिक परीक्षण’ सम्पन्न गरेको छ। मंगलबार काठमाडौंमा आयोजित एउटा कार्यक्रममा रक्षा नेपालले वर्षदिनभरि संस्थाले गरेका कामहरू तथा आर्थिक विवरणको सामाजिक परीक्षण गरेको हो। समाज कल्याण परिषदले सामाजिक संघसंस्थाहरूको सामाजिक परिक्षण अनिवार्य गरेको छ।

२१ वर्षदेखि यौन हिंसामुक्त समाजका लागि आवाज उठाउँदै आएको रक्षा नेपालले अहिलेसम्म दशौं हजार बालिका तथा किशोरीहरूको उद्धार गरिसकेको छ। सयौं यौन हिंसा पीडित बालिकाहरूलाई ‘सुरक्षित आवास’मार्फत पुनर्जीवन दिइसकेको रक्षा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमै अब्बल सामाजिक संस्थाका रुपमा दरिइसकेको सहभागीहरूले बताएका थिए। समाजिक परीक्षण कार्यक्रममा सांसद सुशिला शेर्पाली ठकुरीले अझै पनि महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा हेर्ने सामाजिक दृष्टिकोण फेरिन नसकेको बताइन्। सयौं ‘छोरी’हरूलाई नयाँ जीवन दिनका लागि त्यही सामाजिक कुप्रथाविरुद्ध लडिरहेको भन्दै उनले रक्षा नेपालले ‘राज्यकै कर्तव्य’ निभाइरहेको पनि बताइन्।

उनले यौनहिंसा न्यूनिकरणका लागि सामाजिक सुधारजन्य ऐन, कानुनहरू बनाउनका लागि रक्षा नेपालसँग सहकार्य गर्दै संसदीय समितिहरू तथा राजनीतिक दलहरुले काम गर्नुपर्ने पनि बताइन्। उनीहरू संघीय संसदअन्तर्गत महिला तथा सामाजिक मामिला समितिकी सदस्य पनि हुन्। अहिले पनि धेरैजसो पुरुषहरू नै शीर्ष राजनीतिक नेतृत्वमा रहेको भन्दै उनले कतिपय नीति निर्माणको तहमै महिलाले हस्तक्षेप गर्नुपर्ने अवस्था आउने गरेको पनि उनले सुनाइन्।

त्यस्तै कार्यक्रमका विशिष्ट अथिति समाजकल्याण परिषदका निर्देशक आनन्द थापाले राज्यले नै गर्नेपर्ने काममा अघि सरेर रक्षा नेपाल नै कलिला ‘छोरी’हरूको अभिभावक बनिरहेको भन्दै रक्षा नेपालका काम र परियोजनाहरू कैयौं सामाजिक संघसंस्थाहरू भन्दा अब्बल रहेको बताए। कार्यक्रममा काठमाडौं वडा नं २६का खेम तिवारी, चन्द्रागिरी वडा नं ८ का वडाध्यक्ष प्रल्हाद रिजाल, महिला आयोगका सदस्य सचिव रेखा खरेल, चन्द्रगिरी नगरपालिकाका सामाजिक विकास प्रमुख रश्मी श्रेष्ठलगायतले रक्षा नेपालको ‘सामाजिक परीक्षण’ प्रतिवेदनबारे आफ्नो धारणा व्यक्त गरेका थिए।

- Advertisement -
Ad imageAd image

रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता पूर्व सहचिव तथा आध्यात्मिक प्रवचक आरबि बस्नेतले गरेका थिए।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
scattered clouds
27° _ 27°
57%
5 km/h
आइत
27 °C
सोम
30 °C
मंगल
30 °C
बुध
28 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ