चितवन पुगेका गृहमन्त्री लामिछाने कारागारका कैदीबन्दीलाई भेट्न पुग्दा..

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

भरतपुर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रम र सिपका आधारमा कारागारमा रहेका कैदीहरूको कैद मिनाहाको नीति ल्याइने बताउनुभयो ।

भरतपुर कारागारको निरीक्षण गर्दै शनिबार गृहमन्त्री लामिछानेले कैदीबन्दीहरूलाई अब सिप र श्रममा दक्ष बनाइने धारणा पनि राख्नुभयो ।

कतिपय अवस्थामा आफूहरू निर्दोष हुँदाहुँदै पनि विनाकारण जेल जीवन बिताउन परेको गुनासो केही कैदीबन्दीहरुले गरेपछि त्यसको जवाफमा गृहमन्त्री लामिछानेले कोही पनि निर्दोष नफसुन् भन्ने सम्बन्धमा अनुसन्धानमा सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

यस्तै गृहमन्त्रीले भरतपुर विमान स्थलमा पत्रकारहरुसग कुराकानी गर्दै सार्वभौम संसदमा आफूलाई बोल्न नदिएर कांग्रेसले गलत गरेको बताउनुभयो ।

सार्वभौम संसदमा आफू बोल्न पाए आफूमाथि लागेको आरोपको अनुसन्धानमा पनि सहयोग पुग्ने उहाँको दाबी छ । लामिछाने शनिबार र आइतबार चितवनमा रहनुहुने छ ।

उहाँको पार्टीको आन्तरिक कार्यक्रमसँगै उद्योगी व्यवसायीहरूसँगको अन्तर्क्रियामा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
56%
4 km/h
शुक्र
23 °C
शनि
28 °C
आइत
27 °C
सोम
22 °C
मंगल
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ