पत्रकारले प्रश्न गरेकै आधारमा परिचय पत्र खोस्न मिल्दैन : सांसद खतिवडा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पत्रकारले प्रश्न गरेकै आधारमा परिचय खोस्ने कुरा लोकतन्त्रमा नसुहाउने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पत्रकारहरूले प्रश्न गरेकै आधारमा पत्र खोसिएको विषयमा पनि सत्य तथ्य सदनलाई जानकारी गराउन माग गरे ।

उनले भने,‘पत्रकारहरुले प्रश्न सोधेकै भरमा पत्रकारको संसदभित्र आउने परिचयपत्र खोसियो भन्ने सुन्नमा आएको छ । सत्य तथ्य के हो, कसैले मर्यादित प्रश्न सोध्न पाउनुपर्छ । पत्रकारले प्रश्न गरेकै आधारमा परिचय खोस्ने र भित्र आउन नदिने प्रचल हो भने लोकतन्त्रमा त्यो सुहाउने हुँदैन् ।’ 

त्यस्तै उनले अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भएको भन्दै चर्चा चलिरहेको भन्दै सहयोग रकम कति आएको हो र कसले प्रयोग गरे भन्ने श्वेतपत्र जारी गर्न सरकारसँग माग गरे । उनले भने, ‘अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भएको भन्दै चलिरहेको चर्चा सुन्नमा आएको छ । एनजिओ र आएनजीओ रूपमा आएका र अन्य काममा काममा प्रयोग भएका रमक कति छन्, त्यो दुरुपयोगलाई लिएर सारा नेपाललाई नै बदनाम गर्ने गरिएको छ । त्यसबारे सरकारले श्वेतपत्रको रूपमा जारी गरोस् भनेर अनुरोध गर्न चाहन्छु ।’

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
few clouds
18° _ 18°
48%
1 km/h
बुध
21 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ