बाजुरामा रेबिजविरुद्धको खोप अभाव, सर्वसाधारण मर्कामा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बाजुरा । जिल्ला अस्पताल बाजुरा लगायतका स्वास्थ्य संस्थामा रेबिजविरुद्ध प्रयोग हुने खोप अभाव भएपछि सर्वसाधारण मर्कामा परेका छन्।
एक साता यता स्वास्थ्य संस्थाहरूमा खोप अभाव हुँदा उपचारका लागि आएका बिरामीहरू निराश भएर फर्किनुपर्ने अवस्था छ ।
सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप हाल जिल्ला अस्पताल बाजुरामा छैन। अस्पतालले सोमबार सामाजिक सञ्जालमार्फत सूचना प्रकाशित गर्दै खोप अभावको जानकारी गराएको हो।
अस्पतालका अनुसार रेबिज खोप धनगढीस्थित प्रदेश आपूर्ति केन्द्रमार्फत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने गर्दछ। तर हाल सो केन्द्रमै खोप अभाव भएपछि जिल्ला अस्पतालमा समेत आपूर्ति अवरुद्ध भएको छ।
खोप अभावका कारण विशेषगरी कुकुर, बिरालो वा अन्य जनावरको टोकाइमा परेका व्यक्तिहरू बढी प्रभावित भएका छन्। रेबिज एक घातक रोग भएकाले समयमै खोप लगाउन आवश्यक हुन्छ। तर हाल खोप नहुँदा उपचारमा गम्भीर समस्या देखिएको अस्पतालले जनाएको छ।
जिल्ला अस्पतालका प्रमुख डा.चन्द्र शेखर यादवले प्रदेश आपूर्ति केन्द्रसँग सम्पर्कमा रहेर खोपको आपूर्ति सहज बनाउन पहल भइरहेको जानकारी दिएका छन्।
‘खोपको माग उच्च भए पनि हाल प्रदेश आपूर्ति केन्द्रमा नै अभाव भएकाले केही दिनमा मात्र स्थिति सहज हुन सक्छ,’ प्रमुखले भनेका छन् ।
यसबीच स्थानीयवासीले स्वास्थ्य सेवा प्रवाहमा खलल पुग्नेगरी खोप अभाव हुनु दुःखद भएको भन्दै तत्काल खोप आपूर्ति गर्न सरकारसँग माग गरेका छन्।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
thunderstorm
17° _ 17°
55%
9 km/h
मंगल
21 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ