रुकुमपश्चिम । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)कर्णाली प्रदेशले यदु गौतम स्मृतिमा जिल्लाकै ठुलो राशीको विभिन्न प्रतियोगिता आयोजना गर्ने भएको छ ।
हरेक वर्ष जस्तो यो बर्षपनि गौतमको स्मृतिमा यही फाल्गुन २१ गते सोमबार हिमालय माबि खोलागाउ (रुकुम पश्चिम)मा अनेरास्ववियु कर्णाली प्रदेश कमिटिले विभिन्न प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।
स्मृतिको अवसरमा माबि स्तरीय खुला हाजिरजवाफ र वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने एमाले चौरजहारी नगर कमिटीका ओम प्रकाश आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा कर्णाली प्रदेशका बिभिन्न जिल्लाका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता हुने छ । वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेले १० हजार र दोस्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।
भने, हाजिर जवाफ प्रतियोगितामा प्रथम हुने समुहले ३० हजार, दोस्रोले २० हजार र तृतिय स्थान हासिल गर्नेले १० हजार पुरस्कार राशी प्राप्त गर्ने छन् ।

अध्यक्ष/सम्पादक





