Ad imageAd image

दोस्रो संस्करणको केपी ओली फुटबल कपको उपाधि मच्छिन्द्रलाई

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, दोस्रो संस्करणको केपी ओली फुटबल कपको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । आज यहाँस्थित दशरथ रङ्गशालामा भएको फाइनलमा न्यूरोड टीम (एनआराटी)लाई टाइब्रेकरमा पराजित गर्दै मच्छिन्द्रले लगातार दोस्रो पटक उपाधि चुमेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा पुगेपछि विजेताको टुङ्गो टाइब्रेकरबाट लगाइएको थियो । टाइब्रेकरमा मच्छिन्द्रले ५–४ ले नतिजा आफ्नो पक्षमा पा¥यो । एनआरटीका विवेक गुरुङको पेनाल्टी गोलपोस्टभन्दा परबाट बाहिरिएपछि एनआरटी उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।

मच्छिन्द्रका लागि सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन विनोङ, क्रिस्टोफर चिजोबा र देवेन्द्र तामाङले गोल गरे भने एनआरटीका लागि सरोज तामाङ, सञ्जीव विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गरेका थिए ।

उपाधि विजेता मच्छिन्द्रले रु ११ लाख र ट्रफी प्राप्त ग¥यो भने उपविजेता एनआरटीले रु पाँच लाख प्राप्त ग¥यो । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको प्रतियोगितामा १० टोली सहभागी थिए ।

- Advertisement -
Ad imageAd image
सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
few clouds
15° _ 15°
77%
1 km/h
शुक्र
23 °C
शनि
24 °C
आइत
23 °C
सोम
27 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ