आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको तीन सय ६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय १२ रन मात्र बनाउन सकेको हो ।

डेभिड मिलरले १०० रनको योगदान दिए पनि जितका पर्याप्त भएन । त्यस्तै रासी भान डेर डुसेनले ६९ रन जोड्दा कप्तान टेम्बा बाभुमाले ५६ रन बनाए ।

न्युजिल्याण्डका मिचेल स्यान्टनरले तीन विकेट लिँदा ग्लेन फिलिप्स र म्याट हेनरीको नाममा दुई दुई विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ६२ रन बनाएको थियो । यो च्याम्पियन ट्रफीको हालसम्मकै ठूलो स्कोर हो । आइतबार हुने फाइनलमा न्युजिल्याण्डले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ