काठमाडौँ, ३१ असार : नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज पदभार ग्रहणका क्रममा उहाँले सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोगका लागि मन्त्रालय सम्बद्ध निकायको कानुनी र संस्थागत पुनःसंरचना गर्ने निर्णय गर्नुभएको छ । मन्त्री गुरुङले मातहतका कर्मचारीलाई प्रतिफल आउनेगरी क्रियाशील हुन निर्देशनसमेत दिनुभयो । “नेतृत्व तहबाट गर्ने सहयोगका लागि म सधैँ तपाइँहरूको साथमा छु । मन्त्रालयले प्रदान गर्ने सेवाको प्रभावकारिताका लागि कानुनी र संस्थागत सुधार गर्न यहाँहरूबाट भरपुर सहयोगको अपेक्षा गरेको छु, सोहीअनुसार आआफ्नो जिम्मवारी निर्वाह गर्नुहोला”, उहाँले भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव गुरुङले संविधान निर्माणपछि गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ २०७४ फागुन ४ गतेदेखि २०७८ जेठ २८ गतेसम्म मुख्यमन्त्री रहनुभएको थियो । विज्ञान विषयमा स्नातक मन्त्री गुरुङले पञ्चायतकालमै २०३४ सालदेखि राजनीति सुरू गर्नुभएको थियो । उहाँ २०२७ सालमा इशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटार लमजुङमा अनेरास्ववियुकोतर्फबाट स्ववियु सचिव निर्वाचित हुनुभएको थियो । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत बनिसक्नुभएका गुरुङ प्रतिनिधिसभा निर्वाचन २०७९ मा लमजुङ निर्वाचन क्षेत्र नं १ बाट विजयी हुनुभएको हो ।
सञ्चारमन्त्री गुरुङद्वारा पदभार ग्रहण
Recent Visitors: 6
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1
दैनिक न्यूजलेटरको लागि साइन अप गर्नुहोस्
जारी रहनुहोस्! तपाईंको इनबक्समा सिधै डेलिभर गरिएका ताजा ताजा समाचारहरू प्राप्त गर्नुहोस्।
साइन अप गरेर तपाईं हाम्रो कुरामा सहमत हुनुहुन्छ प्रयोगका सर्तहरू र हाम्रो मा डाटा अभ्यासहरू स्वीकार गर्नुहोस्गोपनीयता नीति. तपाईंले कुनै पनि समयमा सदस्यता रद्द गर्न सक्नुहुन्छ.
यो लेख साझा गर्नुहोस्
समीक्षा छोड्नुहोस्
हामीलाई पछ्याउनुहोस्
हामीलाई सामाजिक मिडियामा फेला पार्नुहोस्
दैनिक समाचार पत्र
हाम्रो नवीनतम लेखहरू तुरुन्तै प्राप्त गर्न हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्!
लोकप्रिय समाचार
- Advertisement -
- Advertisement -