काठमाडौँ, ३१ असार : नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज पदभार ग्रहणका क्रममा उहाँले सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोगका लागि मन्त्रालय सम्बद्ध निकायको कानुनी र संस्थागत पुनःसंरचना गर्ने निर्णय गर्नुभएको छ । मन्त्री गुरुङले मातहतका कर्मचारीलाई प्रतिफल आउनेगरी क्रियाशील हुन निर्देशनसमेत दिनुभयो । “नेतृत्व तहबाट गर्ने सहयोगका लागि म सधैँ तपाइँहरूको साथमा छु । मन्त्रालयले प्रदान गर्ने सेवाको प्रभावकारिताका लागि कानुनी र संस्थागत सुधार गर्न यहाँहरूबाट भरपुर सहयोगको अपेक्षा गरेको छु, सोहीअनुसार आआफ्नो जिम्मवारी निर्वाह गर्नुहोला”, उहाँले भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव गुरुङले संविधान निर्माणपछि गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ २०७४ फागुन ४ गतेदेखि २०७८ जेठ २८ गतेसम्म मुख्यमन्त्री रहनुभएको थियो । विज्ञान विषयमा स्नातक मन्त्री गुरुङले पञ्चायतकालमै २०३४ सालदेखि राजनीति सुरू गर्नुभएको थियो । उहाँ २०२७ सालमा इशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटार लमजुङमा अनेरास्ववियुकोतर्फबाट स्ववियु सचिव निर्वाचित हुनुभएको थियो । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत बनिसक्नुभएका गुरुङ प्रतिनिधिसभा निर्वाचन २०७९ मा लमजुङ निर्वाचन क्षेत्र नं १ बाट विजयी हुनुभएको हो ।
सञ्चारमन्त्री गुरुङद्वारा पदभार ग्रहण

प्रतिक्रिया
ट्रेन्डिङ
साहित्य मन थाइल्याण्डद्वारा ‘आदर्श दिव्य दर्पण’ शृङ्खला २७ सम्पन्न: मानसिक स्वास्थ्य र प्रविधिको प्रभावबारे गहन विमर्श
बैंकक – साहित्य मन थाइल्याण्डले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २७…
‘फिनेल’ समाचार विवादमा रातो पाटी : प्रेस काउन्सिलले माग्यो ३ दिनभित्र जवाफ
धरान : रातोपाटी डट कममा प्रकाशित समाचारले आफ्नो चरित्रहत्या गरेको र पठाएको खण्डनसमेत उचित ढङ्गले…

