जलवायु परिवर्तनबाट हिमाली देशहरु बढी प्रभावित

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनले हिमाली देशहरुमा धेरै नै असर पारेको बताएका छन् ।

‘साथसाथै’ नामक संस्थाले खुम्बु पासाङल्हामू गाउँपालिकामा आयोजना गरेको जलवायु परिवर्तन र यसले पारेका असर सम्बन्धी संवाद कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न सरकारले एनडिसी–३ निर्माण गरिरहेको बताए ।

उनले भने, ‘जलवायु परिवर्तनले हिमाली देशहरुमा धेरै नै असर पारेको छ । जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण र त्यसलाई अनुकरण गर्नका लागि सरकारले राष्ट्रिय निर्धारण जारी योगदान एनडिसी ३ अहिले तेस्रो बनाइरहेका छौं । यसले  सबै असरहरुलाई न्युनिकरण र अनुकरण गर्नेछ ।’

 साथै उनले वातावरण मन्त्रालयले एनडिसी ३.० सबै निकायहरुमा छलफल गरेर अगाडि बढाइसकेको बताए । सबैको राय, सुझाव, सल्लाह लिएर करिब करिब सगरमाथा संवादको शुभारम्भको दिनमा एनडिसी ३.० प्रकाशित गर्ने तयारी गरिएको बताए ।

उनले भने, ‘अहिले वन तथा वातावरण मन्त्रालयले एनडिसी ३.० जो बनाइरहेको छ यसमा सम्पूर्ण सबै सरोकारवाला र राय, सुझाव, सल्लाह लिएर सबै मन्त्रालयहरु र निकायहरुमा छलफल पनि अगाडि बढिसकेको छ । सगरमाथा संवादको शुभारम्भको दिनमा प्रकाशित गर्ने तयारी गरेका छौं ।’

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
thunderstorm
16° _ 16°
59%
3 km/h
मंगल
17 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ