कर्णालीको बजेट अधिवेशनसुरु

थाइल्याण्ड नेपाल डट्कम
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

सुर्खेत । कर्णालीप्रदेश सभाको बजेट अधिवेशनआइतबारदेखि सुरु भएको छ । हिउँदे अधिवेशन सकिएको चालसि दिनपछिबजेट अधिवेशन सुरु भएको हो । गतचैत्र १८ गते कर्णालीप्रदेश सभाको पाँचौ तथाहिउँदे अधिवेशनअन्त्य गरेको थियो । आइतबार देखि सुरु भएको छैटौं अधिवेशन सुरु भएको छ । अधिवेशनको पहिलो दिनप्रदेशसभामा सत्तापक्षले सरकारको बचाउ गर्ने र प्रतिपक्षले आचोचना गर्ने कार्यले भने निरन्तरतापायो । सभामुखले दलीयआधारमा बोल्न सांसदहरुलाई समय दिएपछिकाँग्रेस र एमालेले सरकारको बचाउ गरे भने सरकारको प्रमूखविपक्षी नेकपामाओवादी केन्द्रले सरकारको आलोचना गरेको छ ।

समृद्धिकालागि सहकार्य जरुरीःमुख्यमन्त्रीकँडेल
कर्णालीप्रदेश सभाको बजेट अधिवेशनमाभागलिँदै मुख्यमन्त्रीयामलालकँडेलले कर्णालीको समृद्धिकालागि सबै दलहरुबीचको सहकार्य र सहअस्तित्व जरुरी भएको बताए । कर्णालीप्रदेश आन्दोलनबाटप्राप्तभएको प्रदेश भएकोले यसको बिकास र समद्धिकालागिपनि सत्तापक्ष र प्रतिपक्ष संगै अगाडिबढ्नु विकल्पनभएको उनले भनाई छ । ‘हामी सबै राजनितिक दल एक ठाउँमाभएर मात्रहामीले कर्णालीप्रदेश प्राप्त गरेका हौ’ उनले भने, ‘अब कर्णालीको बिकासकालागिपनि सबै दल एक ठाउँमाहुनुको विकल्प छैन ।’

कर्णालीको अविकास नै साझाप्रतिपक्षभएको भन्दै कर्णालीको समृद्धिकालागिएकजुटहुनु पर्ने आवश्यकताउनले औल्याए । आगामी बजेटलाई व्यवस्थित गर्न सरकारले योजना बैंकको अवधारणाबाटअघिबढ्न खोजेको भन्दै सहयोग गर्न विपक्षीदललाई समेत आग्रह गरे । आयोजनाछनौट कार्यविधिअनुसार नै योजनाको बाँडफाँडहुने भएकाले थितिबसाल्ने कार्यमा लाग्नउनले आग्रह गरे ।
बजेट वितरणप्रणाली समेत व्यवस्थितहुने बताएकाहुन् ।

मुख्यमन्त्रीकँडेलले बजेट र योजनाबाँडफाँडमा धेरै नै नकारात्मकटिकाटिप्पणीउठ्न थालेपछीचालू आर्थिक वर्षबाटआयोजनाछनौट गर्न कार्यविधिबनाएको र योजनाछनौटमापक्षधरतावाझस्केलाबाटजान्छन् भन्ने विषयलाई समाप्त गर्ने अभियानमा सरकार लागिरहेको बताए । ‘बजेट पारित गर्नेनिकायप्रदेश सभाहो । प्रदेशसभाले पास गरेको बजेट सरकारले कार्यान्वयनगर्छ,’ उनले भने, ‘सरकारले तजविजीकाआधारमा बजेट बाँड्ने कामगर्दैन । प्रदेशसभाबाटपारित कार्यक्रममात्रकार्यान्वयन गर्छ । ’
आयोजनाछनौट गर्दा कर्णालीको रोजगारीकातीन क्षेत्र कृषि, सानाउद्योग र पर्यटनलाई ध्यानदिने बताउँदै मुख्यमन्त्रीकँडेलले यस वर्षदेखि मुख्यमन्त्रीकर्णाली रोजगार कार्यक्रमलाई कृषि, आयआर्जन र उत्पादनआधारित आयोजनाका रुपमाविशिष्टीकृत गरिने बताए ।

सरकारको रवैयाअसह्यै छःविपक्षी दल
कर्णालीप्रदेश सभामाविपक्षीदलका नेता राजकुमार शर्माले सरकारको रवैया प्रतिपक्षकालागि स्वीकार्य नभएको बताए । आइतबारदेखि सुरु भएको बजेट अधिवेशनमाबोल्दै विपक्षीदलका नेता राजकुमार शर्माले सरकारमनपरी रुपमाअगाडिबढेको आरोप लगाए । उनले सरकारले आफ्नो रवैयानसच्याएज्ञानीभएर प्रतिपक्षबस्ननसक्ने चेतावनीदिए ।
प्रदेश खेलकुदविकास परिषद् खालीभएको लामो समय बितिसक्दापनिपूर्णतादिननसकेको, बार्षिक १० हजार नागरिकलाई रोजगारी दिने कार्यक्रमहटाएको, बजेट कार्यान्वयनको गतिबढाउननसकेको, योजनाछनौटको नाममा सांसदहरुलाई वाइपास गरेको तथाबिकासका योजनाहरु सुर्खेत केन्द्रित गरेको भन्दै मुख्यमन्त्रीको आलोचना गरे ।
सरकारले आशा गरे अनुसार काम गर्न नसकेको शर्माको टिप्पणी छ । ‘तपाईंहरुका कुरा सुन्दा वैशाख, जेठमै सबै काम सम्पन्न गरिसक्ने थियो, तर यो पटकपनिअसारे प्रवृत्तिकायमै रहने भयो’ उनले भने ।
प्रदेश सभामा नेपालीकाँग्रेसका प्रमूख सचेतकहिक्मतबहादुर बिष्टले सरकारले योजना बैंकमार्फत आगामीबर्षका योजनामा बजेट विनियोजन गर्ने नितीले मागमाआधारित योजनाहरु प्राथमिकतामा पर्ने दावी गरे । अधिवेशनलाई उपलब्धीमुलकबनाउन सकै दलहरुको सहकार्यको आवश्यकताबिष्टले पनिऔल्याए ।
राप्रपाका सांसद सन्तोषिशाहीले संख्यादम्भ देखाएर सरकारले अरु दलका कुरा नसुनेको आरोप लगाईन् । नेकपाएकीकृत समाजबादीका सांसद कल्याणीखड्काले हिउँदै अधिवेशनले कानूननिर्माणमा देखाएको सफलताझै बजेट अधिवेशनपनि सफलबनाउनआग्रह गरिन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
67%
मंगल
14 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ