नेपाली सिने क्षेत्रमा उचाइ लिंदै महिला, संघर्ष र साहसको कथा

थाइल्याण्ड नेपाल डट्कम
4 मिनेटमा पढ्न सकिने
4 मिनेटमा पढ्न सकिने

काठमाडौं । पुरुषप्रधान मानिएको नेपाली समाजमा चलचित्र क्षेत्र एउटा चुनौतीपूर्ण उद्योग मानिन्छ । जहाँ महिला निर्माता र कलाकारहरुले आफ्नो स्थान बनाउनु भनेको निकै ठूलो सफलता हो ।


तर पछिल्लो समय सिने उद्योगमा महिलाहरुको उपस्थिति वाक्लिन थालेको छ । महिलाहरुले यो क्षेत्रमा राम्रो स्थान बनाउन सफल हुँदै गएका छन् । जसका कारण सिने उद्योगमा परिवर्तन र प्रगति देख्न थालिएको छ ।


नेपाली चलचित्र उद्योगमा महिला निर्माता बन्नु भनेको एक साहसिक कदम हो । यसमध्ये कल्पना आचार्य यसको एक प्रमुख उदाहरण हुन् । ‘महिलालाई चलचित्र क्षेत्रमा काम गर्न अझै समस्या छ । विशेषगरी आफ्नो फिल्म निर्माण गर्दा निकै तनाव व्यहोर्नुपर्छ । परिवारको सल्लाह र समर्थन बिना एक महिला निर्माता आफूलाई सफल बनाउन सक्दैन,’ उनी भन्छिन्, ‘पहिलेदेखि धेरै संघर्ष भोगेको छु । मेरो पहिलो फिल्म निर्माण गर्दा सामना गरेको अप्ठ्यारो र समाजबाट प्राप्त तिरस्कारका अनुभवलाई कहिल्यै भुल्न सक्दिन । २० वर्ष अगाडि फिल्म बनाउने निर्णय लिएको थिएँ, र त्यो समय निकै कठिन थियो ।’


साथै उनले अझैं पनि नेपाली समाजमा चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोण एकसय प्रतिशत सकारात्मक हुन नसकेको बताइन् । उनले पहिलो फिल्म ‘एकता’ निर्माण गर्दाखेरि धेरै चूनौतिको सामना गर्दा दुई रात आफू पुलिसको थुनामा समेत बसेको तितो अनुभव सुनाइन् ।


उनले भनिन्, ‘निर्माता भएर चलचित्र क्षेत्रमा काम गर्न धेरै नै गार्हो छ । पहिलाको तुलनामा अहिले अलि सहज हुन थालेको छ । पुरुषको तुलनामा अझैं पनि धेरै कठिनाइहरु महिलालाइ छ । पहिलो फिल्म एकता निर्माण गर्दाखेरि नै धेरै चुनौतीको सामना गर्नुपर्यो । जहाँ दुई रात म पुलिसको थुनामा समेत बसेको तितो अनुभव छ । त्यसमा पनि समाजले अनेकथरि कुराहरु गर्दा परिवारको समेत साथ पाइन् । त्यो सबै केलाउँदा एउटा इतिहास बन्छ । तर अब चाँही फिल्म बनाउन त्यति समस्या छैन ।’


यसैगरी रश्मि भट्ट ३४ वर्षदेखि नेपाली फिल्म उद्योगमा सक्रिय छिन् । उनले पनि धेरै संघर्ष र अप्ठ्यारोहरूको सामना गरेको बताइन् । उनी भन्छिन्, ‘समस्या धेरै झेलियो । अब सहजीकरण गर्दै जानुपर्छ । अप्ठ्यारो परिस्थिति हरेक क्षेत्रमा हुन्छ, तर कलाकारिता क्षेत्रमा त यी समस्याहरु अझ बढी छन् । काम गर्न गाहे छ तर आफैलाई सहज बनाउन प्रयास गर्दैछौं ।’


भट्टले आफ्नो संघर्षको बारेमा भनिन्, ‘महिला कलाकारको पारिश्रमिक पुरुषको तुलनामा अझै कम हो । कामका सिलसिलामा धेरै अनैतिक गतिविधिहरुको सामना गर्नुपर्ने हुन्छ । काम गर्दा शरीरमा आफ्नै पुरुष सहकर्मीले हात लगाउँदा मैले एउटा सिरियल नै छोडेको छु ।’


यद्यपि, उनले महिलाले आवाज उठाउँदै गएमा यस्ता समस्याहरु कम हुने बताइन् । उनले चलचित्र क्षेत्रमा संस्कार पूरानो राम्रो तर प्रविधि अहिलेको राम्रो भएको बताइन्।


उनले भनिन्, ‘चलचित्र क्षेत्रमा संस्कार पूरानो राम्रो तर प्रविधि अहिलेको राम्रो । अहिले हत्केलामा संसार छ । इन्टरनेटको विस्तार भएसँगै दुरुपयोगतिर लागिरहेका छौं, जसका कारण छाडापन आउन थाल्यो । महिला कलाकारको पारिश्रमिक विगतको दाँजोमा अलि बढी भएपनि पुरुषको तुलनामा कम दिने प्रचलन छ ।’


यसैगरी संगिता श्रेष्ठ पनि नेपाली फिल्म उद्योगमा महिलाहरुको संघर्षको बारेमा भन्छिन्,‘महिलाहरु कमजोर छन् भन्ने मानसिकता समाजमा अझै व्याप्त छ । कतिपय अवस्थामा पारिवारिक कारणले महिलाहरु फिल्म क्षेत्रबाट टाढा जानुपर्ने स्थिति आउँछ । पुरुष र महिलाले समान संघर्ष गर्छन् तर महिलाहरु अझै पारिश्रमिकको हिसाबले कम पाउँछन् ।’ तर सबैले यस विषयमा आवाज उठाउँदा मानसिकता परिवर्तन हुने र महिलाको संघर्ष एवम मेहनतले न्याय पाउने विश्वास व्यक्त गरिन् ।


यसैगरी अभिनेत्री थिन्ले ल्हामोले पनि महिलाहरुको क्षमता र शक्तिबारे दृढ विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘महिला कमजोर छैनन् । हरेक काम पुरुषजस्तै गर्न सक्छन । जटिल कामलाई सबैले रमाइलो तरिकाले लिनुपर्छ ।’


साथै उनले पुरुषको मात्र नभइ महिलाहरुको मानसिकता समेत परिवर्तन गर्न आवश्यक रहेको बताइन् ।


उनले भनिन्, ‘महिलाहरुको मेन्टालिटी परिवर्तन गर्न आवश्यक छ । महिलाहरु बलियो, साहसी छौं । महिला कमजोर छन् भन्ने सो पहिला परिवर्तन गर्न आवश्यक छ । पुरुषको भन्दा पनि महिलाहरुको मेन्टालिटी परिवर्तन गर्न आवश्यक छ ।’

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
few clouds
9° _ 9°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ