पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

पोखरा । पोखरा महानगरपालिका अन्तरगतको स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको छ।  पोखरा महानगरपालिकाले अन्यायपूर्ण तरीकाले अवकाश दिएको भन्दै संघर्षरत स्वास्थ्यकर्मीहरुले मंगलबार पोखरा महानगरपालिकाको लेखनाथस्थित स्वास्थ्य महाशाखामा तालाबन्दी गरेका हुन् । 

महानगरपालिकाले करारका कर्मचारीहरुलाई हटाउने निर्णय गरेसँगै महानगरपालिका अन्तरगतका स्वास्थ्य चौकी र क्लिनिकहरुमा कार्यरत ५९ कर्मचारीहरु निरन्तर रुपमा आन्दोलित छन् ।

गत मंसिर २८ गते बसेको पोखरा महानगरपालिकाको विशेष नगरसभाले माघ १ गतेदेखि करारका कर्मचारी हटाउने र लोकसेवा आयोगको सिफारिशमा परेका बैकल्पिक उम्मेदवारहरुलाई महानगरमा काममा लगाउने निर्णय गरेको थियो ।

महानगरको उक्त निर्णयविरुद्ध स्वास्थ्यका कर्मचारीहरु सर्वाेच्च अदातल पुगेका थिए । सर्वाेच्चले गएको माघ १३ गते अर्को आदेश नआएसम्मका लागि करारका कर्मचारी हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश गरेको छ ।

तर, पोखरा महानगरपालिकाले करार तोडिसकिएको अवस्थामा अब उक्त करारलाई निरन्तरता दिन नसकिने भन्दै आन्दोलनरत स्वास्थ्यका कर्मचारीहरुलाई काममा फर्कन दिएको छैन । 

तर आन्दोलानारत स्वास्थ्यका कर्मचारीहरु महानगरपालिकाले सर्बोच्चको अन्तरिम आदेशलाई समेत लत्याएर कार्यान्बयन नगरेको भन्दै आन्दोलन गरिरहेका छन् र त्यही आन्दोलनको निरन्तरताका रुपमा उनीहरुले पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी गरेका हुन् ।

यसैबिचमा माघ १० गते बसेको नगर सभाबाट संघ, प्रदेश सरकारसँगको साझेदारी तथा अन्य संघ संस्था साझेदारहरुसँगको सहयोग तथा साझेदारीमा सञ्चालित कार्यक्रमका लागि भन्दै हटाइएका तीन कर्मचारीलाई महानगरले हाजिर गराएको छ ।

आन्दोलनरत कर्मचारीले अदालतको अल्पकालीन अन्तरिम आदेशको पालना गर्न र निकालिएका करार कर्मचारीलाई निशर्त पुनः वहाली गर्न माग गरेका छन् ।

यस्तै नीति, विधि र प्रक्रिया विपरित मनोमानी तरिकाले शुभलाभका आधारमा विना प्रतिष्पर्धा नियुक्ति गरिएका तीन जना स्वास्थ्यकर्मीको नियुक्ति बदर गर्नसमेत उनीहरुको माग छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
100%
2 km/h
सोम
16 °C
मंगल
24 °C
बुध
24 °C
बिहि
23 °C
शुक्र
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ