सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर

थाइल्याण्ड नेपाल डट्कम

इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा नयाँ वर्षकै दिन साँझ गोली चल्यो ।

सोमवार साँझ चलेको गोली लागेर देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन् ।

सुनसरी प्रहरीका अनुसार आर्थिक लेनदेनको विषयलाई लिएर दोहोरो गोली हानाहान भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिन्छ ।

सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले नेपाल न्यूज बैंकसंग भने,‘घटनामा ६ जनाको संलग्नता देखिन आएको छ । जसमा तीन जना फरार रहेकाले खोजी कार्य तीव्र बनाइएको छ ।’

उनका अनुसार गम्भीर घाइते बनेका शिवकुमार सहित तीन जना प्रहरीको नियन्त्रणमा रहेका छन् र घटनास्थलबाट गोलीका खोकाहरु समेत प्रहरीले सङ्कलन गरेको छ ।

यस्तै रविन कुमार यादव र पिन्टु यादव पनि प्रहरीको नियन्त्रणमा रहेका छन् । गम्भीर घाइते बनेका मेहताको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यसै गरी रविन कुमारको नाकको टुप्पामा गोली लागेको छ भने पिन्टुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सेयर: 14
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
drizzle
15° _ 15°
100%
2 km/h
सोम
24 °C
मंगल
25 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ