मकाउमा खिचियो ‘जुन झारी दिउँला’, भिडियोमा देखिए कुमार र सम्झना

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । गायक तथा संगीतकार तुला पर्वत र गायिका श्रीषा कुँवरको स्वर रहेको ‘जुन झारी दिउँला’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।


गायक तुलाकै संगीत सृजना रहेको सार्वजनिक गीतको एरेन्ज किरण कँडेलले गरेका हुन् । मकाउका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक समेत रहेका तुलाले भिडियोमा कैद गरेका छन् । रोमान्टिक प्रेम कहानी बताउने जुन झारी दिउँलामा मोडलद्धय मोहन कुमार र सम्झना तमाखुको रोमान्टिक अभिनय देख्न सकिन्छ ।


निर्देशक तुलाले परदेशी भूमिमा पनि कम स्रोत र साधनको प्रयोग गर्दै भरपूर रुपमा भिडियोमा धेरै कुरा अटाउने प्रयास गरेको बताए । करिब दुई दशकदेखि मकाउमा रहेर आफ्नो कामलाई थाँती दिँदै म्यूजिक भिडियोको क्षेत्रमा पनि अनवरत रुपमा सक्रियता देखाउँदै आएका तुलाले यो भिडियोबाट दर्शकको मन जित्नेमा झनै आशावादी छन् ।


भिडियोमा निर्देशक तुलाकै छायांकन र सम्पादन रहेको छ । तुलाका यसअघि हाम्रो चितवन, आउँदैछु त्यो प्यारो गाउँमा, पिउँदा पिउँदै, फर्की आउन पाउँ लगायतका भिडियोहरु आइसकेका छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
haze
22° _ 22°
49%
बिहि
32 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ