थाइल्याण्ड । थाइल्याण्डकालागि नेपाली राजदूत धन बहादुर ओलीले पछिल्लो समय नेपालको विकासकालागि बैंककका विभिन्न व्यक्तीत्वहरुसँग छलफललाई निरन्तरता दिनुभएको छ ।
नेपाली शिक्षाको विकास, पर्यटन, औद्योगिक क्षेत्र लगायतको विकासकालागि ओलीले निरन्तर छलफल अघि बढाउनु भएको हो । राजदूत ओलीले आज सोहि क्रममा थाइल्याण्डका विदेश मामिला मन्त्री सिहासक फुआङकेटकेउसँग भेटवार्ता गर्नुभएको छ ।
भेटमा नेपाल–थाइल्याण्ड सम्बन्धका विविध पक्षमा छलफल भएको उहाँको सचिवालयले जनाएको छ । यसअघि उहाँले विभिन्न विभागका प्रमुख, प्रतिनिधिसँग छलफल गर्नुभएको थियो ।
Recent Visitors: 5
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1