सुवास ढुंगानाको ‘हर्कत’मा ‘मेरो डान्स युनिभर्स’ विजेता खुशी कार्की, म्युजिक भिडियो शुक्रबार रिलिज हुँदै

लोकेन्द्र ओली
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड । ‘मेरो डान्स युनिभर्स’की विजेता खुशी कार्की नयाँ म्युजिक भिडियोमा देखिँदै छिन् ।

गायक सुवास ढुंगानाको ‘हर्कत’ बोलको गीतको भिडियोमा मोडल कार्कीले अभिनय गरेकी हुन् । नृत्य अभिनयमा कार्कीलाई गायक ढुंगाना र निर्देशक रोहन नेपालीले साथ दिएका छन् । यो गीतको भिडियो फागुन चार अर्थात आगामी शुक्रबार रिलिज हुँदैछ ।

थाइल्याण्ड निवासी मोडल खुशी कार्की पछिल्लो समय नेपाली म्युजिक भिडियो क्षेत्रमा निकै व्यस्त र चर्चित बन्दै गएकी नव प्रतिभा हुन् । थाइ नेपाली भाषी समुदायको गहनाका रुपमा रहेकी कार्कीले आफ्नो कलामार्फत थाइ नेपाली भाषी र नेपाललाई सांस्कृतिकरुपमा जोड्ने काम गरेकी छन् ।

कार्कीले यसअघि पनि थुपै नेपाली म्युजिक भिडियोमा काम गरेकी छन् । ‘मेरो डान्स युनिभर्स’ मा हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै कठिन प्रतिस्पर्धाबाट उपाधि उचाल्दै कार्की कलाकारिता क्षेत्रमा उदाइरहेको गायक ढुंगाना बताउँछन् । उनी भन्छन्, ‘खुशीजी सम्भावना बोकेको कुशल कलाकार हो ।’

एसभिभिटीको प्रस्तुति रहेको गीतको म्यूजिक भिडियोको निर्देशन रोहन नेपालीले गरेका छन् । म्युजिक भिडियोमा खुशी कार्कीसँगै रोहन नेपाली र गायक सुवास ढुंगाना पनि देखिने छन् । गीतमा स्वर सुवास ढुंगानाको छ भने संगीत हरि लम्सालले भरेका छन् ।

सेयर: 21
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
100%
2 km/h
शनि
23 °C
आइत
28 °C
सोम
30 °C
मंगल
32 °C
बुध
32 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ