मेट्रोका विद्यार्थीः बिहान पढ्छन्, दिउसो छुप्रीदेखि विस्कुट बनाउछन्

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

दाङ,१७ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित मेट्रो कलेजका विद्यार्थीहरु किताब मात्रै पढ्दैनन्, पढेको कुरा सिक्छन् पनि ।

बिहान किताब पढ्छन् र दिउसो त्यही अनुसार प्रयोगात्मक गर्छन् । त्यसकै एउटा परिणाम हो– विद्यार्थीहरुले बनाएको छुप्रीदेखि विस्कुटसम्मका परिकार ।

कलेजमा फुड एण्ड डेरीमा अध्ययनरत विद्यार्थीहरुले छुप्री,गुदपाक, विस्कुट, किम्बुको जाम,रसवरी अचार, कोदोको मःम,क्याच अपलगायतका परिकार बनाएका छन् । कलेजमा अध्ययनरत विद्यार्थीहरुले प्रयोगात्मक अन्तर्गत बनाएका ति सामग्रीहरु  शनिबार पर्दशन गरेका थिए ।

“किताबमा पढेको कुरालाई ब्यबहारमा उतार्नकालागि यसरी बिभिन्न परिकार बनाएका हौं”, विद्यार्थी सीमा नेपालीले भनिन्“ विहान पढ्ने र दिनभर परिकार बनाउने गर्छौं ।”

आफूहरुले उत्पादन गरेको कुरालाई बजारीकरण कसरी गर्न सकिन्छ, भन्ने पनि यो सिकाईले भूमिका खेल्ने उनको भनाई छ । पढाई पछि आत्मनिर्भर बन्न सकिने र उत्पादन गुण्स्तर मापनकालागि पनि प्रयोगात्मक गरिरहेको खाद्य प्राविधिक जुनु भट्टराईले बताइन्  । आईतबार उनीहरुले उत्पादन गरेका बस्तुहरु प्रदर्शन गरेका हुन् ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बजारको आबश्यकता अनुसार रैथाने कुराहरु उत्पादन गर्नुपर्ने बताए । ‘खाद्य स्वच्छता र हाम्रो दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले बजारमा बिक्ने खालका सामग्री उत्पादन गर्नुपर्ने बताए ।

उनले भने “हामीले उत्पादन गरेको बस्तु उपभोक्ताले खोज्नु प¥यो ।”  त्यस्तै निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले अर्गानिक खाना नै अहिले उपभोक्ताले माग गरिररहेको भन्दै यस तर्फ ध्यान दिनुपर्ने बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक राजेश चौधरीले गुणस्तरहिन खाद्यवस्तु स्वस्थ हुनुपर्ने भएकाले परीक्षण गरेर मात्रै बजारीकरण गर्नुपर्ने बताए । 

तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले उत्पादित बस्तुको खाद्य स्वच्छता मापन गरेर मात्रै बजार पठाउनु पर्ने बताइन् । कलेज प्रमुख बसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण  खाद्य प्रशिक्षक रक्षा पौडेलले गरेकी थिइन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
88%
2 km/h
शनि
21 °C
आइत
24 °C
सोम
25 °C
मंगल
27 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ