विकासको मामिलामा राजनीति गर्न हुँदैन : मन्त्री रघुवीर महासेठ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताउनुभएको छ ।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री महासेठले राजनीति पाँच वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरू बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

उहाँले सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनताका राजनीति गरेर अन्य सबै समयमा देश विकासमा लाग्न सबै राजनीतिक दल र नेताहरूलाई आग्रह गर्नुभयो ।

उहाँले दलका नेताहरूले राजनीतिक कुरा र पार्टीका कुरा मात्रै गर्ने नभई दलको स्वार्थभन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताउनुभयो । उहाँले दलभन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन नसकिने जिकिर गर्नुभयो ।

उहाँले वर्तमान सरकारले भौतिक प्रगतिको रूपमा राम्रो उपलब्धि पाउने प्रतिबद्धता जनाउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
haze
23° _ 23°
60%
4 km/h
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
22 °C
मंगल
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ