सहकारीपीडितको माग सम्बोधन गर्न सांसद पौडेलको ध्यानाकर्षण

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रश्नको घेराभित्र रहेका कुनै पनि व्यक्तिलाई सरकारमा नलैजाने नजीर बनाइनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय मागेर आकस्मिक समयमा उहाँले प्रश्न उठेका व्यक्तिलाई गृहमन्त्री बनाइएकामा आपत्ति जनाउनुभयो ।

सांसद पौडेलले विगत केही दिनदेखि प्रमुख प्रतिपक्ष दलले प्रश्न उठाइरहे पनि सरकारले नसुनेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “आफूमाथि प्रश्नको जिम्मेवारी बोकेर गृहमन्त्री हुनु हुँदैनथ्यो । उहाँ प्रश्न गर्ने पेसाबाट आउनुभएको हो, त्यसैले प्रश्नलाई निषेध गर्न मिल्दैन । उठेका सवालको जवाफ दिनुपर्छ ।

प्रधानमन्त्रीले जवाफ नदिएसम्म कांग्रेसले यो प्रश्न उठाइरहनेछ ।” सांसद पौडेलले सहकारीपीडतको माग सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पौडेलले उठाउनुभएका विषयप्रति सभामुख देवराज घिमिरेले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
71%
1 km/h
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
शनि
15 °C
आइत
16 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ