Ad imageAd image

कामपाले सुरु गर्‍यो प्राचीन नाम पुनरुत्थान कार्य

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका स्थानका प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, वही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम खोजेर संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्सँग नाम पुष्टि गर्ने काम सुरु भइसकेको कामपाले जनाएको छ ।

उक्त कार्यको सुरुआत पाँचवटा वडाबाट भएको कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ५ हाँडीगाउँ (प्राचीन नाम नरः), वडा नं. ६ बौद्ध (प्राचीन नाम खस्योरः/खास्ती), वडा नं ७ चाबहिल (प्राचीन नाम चावहीः), वडा नं १८ नरदेवी (प्राचीन नाम ङेतः) र वडा नं २४ मखन (प्राचीन नाम मखं) को नाम खोजी भइसकेको छ ।

संयोजक सङ्गतले भन्नुभयो, “सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामकरण भएपछि नामबाट झल्किने सहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचान मेटिँदै गयो ।

काठमाडौँको पहिचान जोगाउन यो कार्यक्रम अगाडि बढाइएको हो ।” विभागले एकीकृत सहरी विकास केन्द्र (सिआइयुडी) सँगको सहकार्यमा विभिन्न स्थानको प्राचीन नाम अध्ययन गरेको हो ।

- Advertisement -
Ad imageAd image

अध्ययनका क्रममा सङ्कलन भएको प्रारम्भिक सूचनालाई लिखित अभिलेख, शिलालेख, सरकारी कागजात (जग्गा नामसारी वा पास गर्दा वा चारकिल्ला प्रमाणित गर्दाको नाम), संस्कृतिविद्, इतिहासविद्, पुरातत्वविद्, स्थानीय, जनप्रतिनिधिसँग समेत सोधिएको सङ्गतले जानकारी दिनुभयो ।

विभिन्न कारणले अर्कै स्वरुपमा पुगेका नामलाई पुनरुत्थान गर्दा रञ्जना लिपि, देवनागरी लिपि र अङ्ग्रेजी भाषामा नामपाटी राखिनेछ । अनुसन्धानकर्ता आर्किटेक्ट अस्मिता श्रेष्ठले भन्नुभयो, “नेवार समुदायका महिलाले प्रयोग गर्ने परम्परागत पोसाक हाकुपटासीमा भएको रातो र कालो रङ्गको पृष्ठभूमिमा ‘नामपाटी’ (नेमप्लेट) राखिनेछन् । ढुङ्गेधारा, सत्तलका नाम यही रङ्ग सङ्केतलाई फरक देखिने बनाउने प्रस्ताव गरिएको छ ।”

बोर्डमा ‘क्यूआरकोड’ राखिने श्रेष्ठको भनाइ छ । उक्त कोड स्क्यान गरेपछि मूलवासीले प्रयोग गरेको नाम, नाम रहन गएको धार्मिक, सांस्कृतिक, भाषिक तथा ऐतिहासिक कारण, नामको अर्थ, मौलिक नाम, नामसँग सम्बन्धित ऐतिहासिक कालखण्डबारे जानकारी प्राप्त हुने उहाँले जानकारी दिनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
82%
1 km/h
बिहि
22 °C
शुक्र
17 °C
शनि
20 °C
आइत
19 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ