म्यान्मार भूकम्प: १७ नेपालीभाषीको निधन, खोजी जारी

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक- म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी १७ जना नेपालीभाषीको निधन भएको पुष्टि भएको छ। अहिलेसम्म ९ जनाको शव फेला परेको छ भने अन्यको खोजी कार्य जारी रहेको छ।

बर्मेली नेपाली साहित्यकार लक्ष्मण न्यौपानेका अनुसार, सबैभन्दा बढी क्षति मान्डले क्षेत्रमा भएको छ र निधन भएका नेपालीभाषीहरू पनि सोही क्षेत्रका बासिन्दा हुन्। फेला परेका ९ शवमध्ये देवी सिंखडाका छोरा खतिवडा, दाहाललगायतका परिवारका सदस्यहरु रहेका छन्।

शुक्रबार म्यानमारमा ७.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो। जसको असर थाइल्याण्डसम्म परेको थियो। म्यानमारमा हालसम्म १ हजारभन्दा बढीको शव फेला परेको छ भने उद्धारकर्मीहरुले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन्। खोज, उद्धार र राहत कार्य जारी रहेको जनाइएको छ।

सेयर: 18
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
haze
21° _ 21°
32%
2 km/h
बुध
31 °C
बिहि
31 °C
शुक्र
32 °C
शनि
33 °C
आइत
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ