थाइल्याण्डका नेपाल एयरलाइन्स कन्ट्री म्यानेजर दामोदर मिश्र “Best Presenter” को रूपमा सम्मानित

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक, थाइल्याण्ड
नेपाल वायुसेवा निगम (Nepal Airlines) ले आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय समीक्षा बैठकमा थाइल्याण्डका कन्ट्री म्यानेजर दामोदर मिश्रलाई “Best Presenter” को रूपमा सम्मान गरिएको छ।

आर्थिक वर्ष २०८१/०८२ को बजेट समीक्षा तथा २०८२/०८३ को ट्राफिक र राजस्व पूर्वानुमानसम्बन्धी समीक्षा बैठक काठमाडौंमा सम्पन्न भएको हो। सो अवसरमा अन्तर्राष्ट्रिय स्टेशन प्रमुखहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दै उत्कृष्ट प्रस्तुतिकर्ताको रूपमा श्री मिश्रलाई सम्मानित गरिएको हो।

बैठकमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारीज्यूको अध्यक्षतामा निगमका उच्चपदस्थ अधिकारीहरू तथा विभिन्न देशका स्टेशन प्रमुखहरूको सहभागिता रहेको थियो।

थाइल्याण्डस्थित बैंकक स्टेशनले समग्र प्रदर्शनमा समेत उच्च उपलब्धि हासिल गर्दै “Best Performance of the Year” को उपाधि प्राप्त गरेको छ।

सम्मान प्राप्तिपछि श्री मिश्रले भने,
“यो पुरस्कार व्यक्तिगतभन्दा पनि हाम्रो टिमको कडा मेहनत र समर्पणको परिणाम हो। हामी यात्रुहरुको सन्तुष्टिलाई प्राथमिकतामा राखेर अझ प्रभावकारी सेवा प्रदान गर्न निरन्तर क्रियाशील रहनेछौं।”

नेपाल–थाइल्याण्ड हवाई मार्गमा नेपाल वायुसेवाले महत्वपूर्ण उपस्थिति जनाउँदै आएको छ। थाइल्याण्डस्थित नेपाली समुदायले पनि श्री मिश्रको यो सफलतालाई गौरवको विषयका रूपमा लिएको प्रतिक्रिया दिएका छन्।

सेयर: 173
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
6
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
8°C
Kathmandu
few clouds
8° _ 8°
100%
2 km/h
सोम
19 °C
मंगल
20 °C
बुध
20 °C
बिहि
20 °C
शुक्र
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ