काठमाडौँ, : राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
अध्यक्ष दाहालले शीतल निवासमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रियसभाको नियमावली, २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम नवनिर्वाचित अध्यक्ष दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1

