Ad imageAd image

व्यक्तीगत भन्दापनि विश्वविद्यालयको संस्थागत हितमा काम गरौंः उपकुलपति प्रा.डा.राना

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशर सिंह रानाले सरोकारवाला सबैलाई साथमा लिएर विश्वविद्यालयको हितमा काम गर्ने बताउनुभएको छ ।

आज वीरेन्द्रनगर सुर्खेत स्थित केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्दै रानाले विश्वविद्यालयको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायत सरोकारवालाहरुको उपस्थितिमा पदभार ग्रहण पश्चात आयोजित कार्यक्रमलाई नवनियुक्त उपकुलपति प्रा.डा.रानाले विश्वविद्यालयको दैनिक प्रशासनिक कामकाजमा सहजता प्रदान गर्न सबैमा आग्रह गर्नुभयो ।

उहाँले विभिन्न प्राध्यापक, कर्मचारी एवं विद्यार्थी संघ, संगठनहरुद्वारा विगत ६ महिनादेखि केन्द्रीय कार्यालयमा लगाइएको तालावन्दी खोलेर गरेकोमा धन्यवाद प्रति आभार व्यक्त गर्नुभयो ।

- Advertisement -
Ad imageAd image

उहाँले आफू सदैव सबैको अभिभावकका रुपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रजिष्ट्रार प्रा.डा.नारायण प्रसाद पौडेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा विभिन्न तहका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी लगायतका पेशागत संघ, संगठनले प्रतिनिधिमूलक रुपमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

नेपाल सरकारका प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपतिबाट यहि फागुन २४ गते राना उपकुलपतिमा नियुक्त हुनुभएको थियो ।

सेयर: 13
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
77%
1 km/h
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
28 °C
मंगल
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ