सैनिक कारबाहीमा एकको मृत्यु, ४ घर र गुम्बामा क्षति

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


थाइल्याण्ड । म्यानमारका केहि क्षेत्रहरुमा हिंसात्मक घटनाहरु भइरहेका छन् । यहाँका स्थानीय संचारमाध्ययमहरुले सैनिक कारबाहीमा स्थानीय नागरिकको ज्यान गएको उल्लेख गरेका छन् ।

बम विष्फोटमा आज बिहान एक नागरिकको मृत्यु भएको छ, भने ४ घर ध्वस्त भएका छन् । सैनिक कारबाहीमा धार्मिक भवनहरूमा क्षती पुगेको स्थानीय संचार माध्ययमले जनाएका छन् ।

साथै, सेनाले केहि स्थानीयहरुको सवारी साधन जफत गर्ने र नागरिकहरुलाई पक्राउ गरिरहेको छ । सेनाको सो कार्य क्रूर भएको भन्दै नागरिकहरुले विरोध गरिरहेका छन् ।

स्थानीय अधिकारीहरुले घटनाका विषयमा छलफल आवश्यक रहेको जनाइरहेका छन् । तर, वार्ता वा छलफलको कुनै सम्भावना नभएको बताइएको छ । आज मध्यान्ह पनि सेनाले होपोन टाउनसिपको म्यानल ताउङ क्षेत्रमा रहेको पिन्ल्यान गुम्बामा ४ पटक बम प्रहार गरेको थियो ।

त्यहाँ कुनै हिंसाको अवस्था नभएको तर, सेनाले आफुखुशी मठमा बम विष्फोट गराएको आरोप छ । गुम्बाभित्र मानिस नभएका कारण कुनै मानविय क्षति नभएको स्थानीयको भनाई छ ।

सेयर: 12
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
mist
13° _ 13°
94%
1 km/h
मंगल
22 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ