जनकपुर जयनगर रेलमा ठोक्किएर एक जनाको मृत्यु

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जनकपुर । जनकपुरधाम जयनगर रेलमा ठोक्किएर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका २ सिनरजोडा बस्ने विकरु साहको ४५ वर्षीय छोरा बिनोद साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सोमबार दिउँसो १२ः ३० बजेको समयमा धनुषाको औरही गाउँपालिका–२ देउरी प्रवाहास्थित रहेको रेलको लिकमा ठक्कर लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिए ।

जनकपुरधामबाट जयनगरतर्फ गइरहेको रेलको ठक्करबाट मृत्यु भएका साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सेयर: 16
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
1 km/h
सोम
24 °C
मंगल
24 °C
बुध
22 °C
बिहि
21 °C
शुक्र
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ