पंकज उदासको ७२ वर्षको उमेरमा निधन

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । चर्चित भारतीय गजल तथा पार्श्व गायक पंकज उदासको ७२ वर्षको उमेरमा सोमबार निधन भयो । प्याङ्क्रियाज क्यान्सरका कारण यी सिद्धहस्त गायकले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास लिए । पंकजका श्रीमती फरीदा र दुई छोरी नायब र रेवा छन् । उनको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो ।

उनको परिवार राजकोट नजिकैको चरखाडी सहरको बासिन्दा थियो । उनका हजुरबुबा भावनगरका जमिन्दार थिए । उनका बुबा केशुभाइ सरकारी कर्मचारी थिए । बुबा इसराज (संगीत वाद्य) बजाउन मन पराउँथे र आमा जीतुबेनको पनि संगीतमा रुचि थियो । जसकारण पंकज र उनका दुई दाजु संगीततर्फ लागे ।

पंकजले गायनमा करिअर बनाउने सोचेका थिएनन् । त्यतिबेला भारत–चीन युद्ध चलिरहेको थियो । यसै क्रममा लता मंगेशकरको गीत ‘ए मेरे वतन के लोगों’ रिलिज भएको थियो । पंकजले गाएको ‘ए मेरे वतनको लोगों’ले श्रोताका लागि मर्मस्पर्शी गीत थियो । एकजना दर्शकले उनलाई ५१ रुपैयाँ पुरस्कार थियो ।

गायनबाट यो उनको पहिलो कमाइ थियो । पंकजका दुवै दाजु मनहर र निर्जल उदास संगीत क्षेत्रका चर्चित नाम थिए । विद्यालयमा उत्कृष्ट प्रदर्शनपछि पंकजले पनि दाजुभाइले जस्तै संगीत क्षेत्रमा राम्रो गर्न सक्छन् भन्ने उनका आमाबाबुलाई लाग्यो । त्यसपछि उनी राजकोटको म्युजिक एकेडेमीमा भर्ना भए ।

संगीतको पढाइपछि पंकजले ठूला स्टेज शोमा प्रस्तुति दिए । उनी बलिउडमा आफ्नो स्थान बनाउन चाहन्थे । उनले चार वर्ष बलिउडमा संघर्ष गरे तर ठूलो काम पाएनन् । ‘कामना’ नामक फिल्ममा आफ्नो एउटा गीतमा आवाज दिए, त्यो फिल्म पनि फ्लप भयो । त्यसपछि उनले विदेशमा बस्ने निर्णय गरे ।

सेयर: 14
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
100%
2 km/h
मंगल
21 °C
बुध
24 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ