Ad imageAd image

ग्यास सिलिण्डर पड्किएर बारामा एक जनाको मृत्यु

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

बारा । ग्यास सिलिण्डर पड्किएर बारा निजगढ नगरपालिका–५ बस्ने वर्ष ४५ को रेशम मगरको मृत्य भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो १२ बजेको समयमा निजगढ नगरपालिका–७ निजगढ बजारस्थित सञ्चालनमा रहेको रेशम मगरको रोहित वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा गम्भीर घाइते भएको मगरको बयोधा अस्पताल वीरगञ्ज, पर्सामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

ग्यास सिलिण्डर पड्किँदा बारा, निजगढ नगरपालिका–५ बस्ने ४५ को सूर्यबहादुर थापा, सामुदायिक प्रसूती गृह अस्पताल निजगढमा, जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–९ बस्ने वर्ष ३४ को फिरोद देवान, बयोधा अस्पताल वीरगञ्ज, पर्सामा, सोही ठाँउ बस्ने वर्ष २० को रितु रजत, बयोधा अस्पताल वीरगञ्ज, पर्सामा, भारत, गवाई बस्ने वर्ष ३५ को राकेश जयसवाल र भारत, रामघडवा वर्ष २० को अरविन साह, बयोधा अस्पताल वीरगञ्ज, पर्सामा उपचार भइरहेको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेयर: 16
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
100%
शुक्र
18 °C
शनि
19 °C
आइत
21 °C
सोम
23 °C
मंगल
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ