अस्तित्व जोगाउने प्रयासमा हुलाक ः कार्गो र कुरियर सेवामार्फत विश्वास जित्ने प्रयास

थाइल्याण्ड नेपाल डट्कम
8 मिनेटमा पढ्न सकिने
8 मिनेटमा पढ्न सकिने

हुलाकमार्फत कार्गो र कुरियर सेवा ः निजी क्षेत्रसँग प्रतिस्पर्धा कति संभव ?
काठमाडौं । प्रविधिको प्रयोग सर्वसुलभ र व्यापक हुँदै गएपछि हुलाक सेवा अस्तित्व जोगाउनुपर्ने वाध्यतामा छ । सामान्यत हुलाक सेवा भनेको चिठीपत्र सम्बन्धित ठाउँमा पुर्याउने माध्यम मात्र भन्ने बुझाइलाई चिर्न हुलाक सेवा विभागले विभिन्न माध्यम अपनाउन पनि थालेको छ । आफ्नो अस्तित्व जोगाउन हुलाकले सेवा र कार्यशैलीमा परिवर्तन गर्दै लगेको छ ।


कुनै समय एकमात्र सञ्चारमाध्यमका रूपमा रहेको हुलाक सेवा विगत केही समययता ओझेलमा पर्दै गइरहेको थियो । पछिल्लो समयमा मोबाइल फोन, इमेल, भाइबर, फेसबुकलगायत आधुनिक प्रविधिले हुलाकलाई विस्थापित गर्दै गएको जस्तो पनि देखिन्छ ।
हुलाक भन्ने वित्तिकै चिठीपत्र आदनप्रदान गर्ने माध्यम मात्र हो भन्ने मानिसको बुझाइका कारण पनि यसको प्रभावकारिता घट्दै गएको हो । देशभित्र र बाहिर चिठीबाहेक अन्य सबै सामान ल्याउन रपठाउन हुलाक प्रयोग गर्ने हो भने वर्तमान समयमा पनि हुलाकलाई जोगाउन सकिने भएकाले विभागले आफ्नो सेवामा फरकपना ल्याउन थालेको हो ।
निजी क्षेत्रमार्फत हुने गरेको कुरियर र कार्गो अपरेटर जस्तै सेवा हुलाकले पनि दिएपछि सेवाग्राहीहरु हुलाकप्रति थोरैभएपनि आकर्षित हुन थालेका छन् ।

उनले अहिलेसम्मलाई हुलाकलाई नागरिक एप, ट्रयाकिङ सिस्टम राख्ने र हुलाक कार्यालयमा क्यूआर कोडबाट पैसा तिर्न मिल्ने सिस्टम ल्याएकाले चिठीपत्र मात्र नभइ अत्यावश्वक सामग्रीहरु दैलो–दैलोमापु¥याउने योजना अनुसार अघि बढिरहेको बताइन् ।
हुलाकमार्फत आउने सामान घर घरसम्म पु¥याउन सक्ने हो भने जनतासँग सिधैँ जोडिने र बिचौलियाहरुले नाफा खाने बाटो नहुने पनि उनको भनाइ छ ।
ट्रयाकिङ सिस्टमको कुरा गर्दा हुलाकमार्फत पठाएको सामान कहाँ पुग्यो र कति समयमा गन्तव्यमा पुग्छ भन्ने कुरा घरै बसेर हेर्न सकिने सिस्टम हो, यससिस्टमपश्चात पनि हुलाक प्रभावकारी र विश्वासिलो भन्दै गएको छ ।
नेपालको सफ्टवेयर एकदमै राम्रो छ । यसलाई व्यवस्थापन गरेर सही तरिकाले सञ्चालन गर्ने हो भने हुलाक एकदमै राम्रो तरिकाले अगाडि बढ्न सक्छ ।
उनले भनिन्, ‘हुलाक पूर्ण रुपमा डिजिटल त भइसकेको छैन् । अहिले हुलाकलाई नागरिक एपमा राख्ने सोचेका छौं । ट्रयाकिङ सिस्टम पनि डिजिटल हो । क्यूआर कोडबाट पैसा तिर्न मिल्ने सिस्टम ल्याएका छौं । पहिला लाइन लगाएर बस्नुपर्ने थियो भने अहिलेबाट लाइन लाग्न पर्दैन् । अब विस्तारै दैलो–दैलोमा आफ्नो सामान पु¥याउने सपना छ । यस्तो भयो भने बिचौलियाहरु हट्दै जान्छन्, हामी सिधै जनतासँग जोडिन सक्छौ । यसमा डिजिटल हुलाकले सहयोग गर्छ ।’
यसको साथै, उनले हुलाक सेवामा जनशक्तिको आवश्यकता पर्ने नै भएको हुनाले पूर्ण रुपमा अनलाइन हुन नसक्ने पनि जानकारी दिइन् ।
उनका अनुसार पूर्ण रुपमा डिजिटल कुनै पनि ठाँउमा हुन सक्दैँन्, सबै काम अनलाइनबाट भएपनि सामान पु¥याउनको लागि जनशक्तिको आवश्यकता हुन्छ र हुलाक भनेको डेलिभरी सेवा भएकाले डिजिटल हुनुपर्ने ठाँउमा डिजिटल भएको छ ।
विगतमा हुलाक छायामा परेपनि केही समय यता यसको प्रभावकारिता बढ्दो क्रममा रहेको छ । महानिर्देशक पंगेनीका अनुसार ल्याबमा परीक्षण गर्ने सामान, अस्पतालका कागज, पासपोर्ट, लालपूर्जा, नागरिकता, एटिएम जस्ता महत्वपूर्ण कागजातहरु हुलाकमार्फत नै ल्याउन र पठाउन सकिन्छ ।साथै, अमेरिकासँग नेपालबाट जाने सामान हुलाकबाट नै हुनुपर्छ भनेर सम्झौता पनि भएको उनले जानकारी दिएकी छन् ।
उनले भनिन्, ‘अहिले हुलाकको महत्व धेरै नै भएको छ । ल्याबमा परीक्षण गर्ने सामान, अस्पतालको कागज, पासपोर्ट, लालपूर्जा, नागरिकता, एटिएम जस्ता अति संवेदनशील कुराहरु पनि हुलाकमार्फत पठाउने गरिएको छ । किनभने हुलाक भनेको विश्वासिलो हुन्छ । अहिले जापानमा केही सामान पठाउनुपर्यो भने हुलाकमार्फत नै पठाउनु पर्छ । अन्य कुरियर वा कार्गोमार्फत पठाउने हो भने जापानले लिंदैन् ।’
विसं १९३५ मा हुलाक घरको स्थापना भई सुरू भएको हुलाक सेवा सरकारी कामकाजलाई सहज बनाउन हुलाक ऐन, २०१९ अन्तर्गत देशभर नै स्थापना गरिएको थियो ।
साथै, मुगु, हुम्ला जस्ता विकट ठाँउमा निजी कुरियर कम्पनीहरुले सामान ल्याउन र लान मान्दैनन् किनभने त्यहाँ हिडेर जानुपर्छ र निजी कम्पनीहरु आफ्नो नाफा हेरेर मात्र काम गर्ने गर्दछन् तर हुलाकले त्यस्तो ठाँउमा पनि सामान ल्याउने र लाने काम गरिरहेको पनि उनको भनाइ रहेको छ ।
विकट ठाँउमा जानको लागि हुलाकको जनशक्ति भने कम भएको पनि उनको गुनासो छ ।
‘अहिले पुनःसंरचना भइसकेपछि जनशक्ति थपिएको छ । तर अझै पुगेको छैन् । तराइतिर जहाँ साइकबाट पनि सजिलै पुग्न सकिन्छ, त्यहाँ जनसंख्याको आधारमा धेरै मान्छे राखिएको छ तर त्यो अझै प्रभावकारी भएको छैन्,’ उनले भनिन्, ‘तर कुनै दुर्गम जस्तै–हुम्ला, मुगु, जाजरकोट, कालिकोट, पूर्वमा ओखलढुङ्गातिर हेर्ने हो भने कुनै कुनै ठाँउ यस्तो छ जहाँ एउटा वडाबाट अर्को वडा जान एक दिन लाग्छ । यस्तो ठाँउमा जनशक्तिको कमी छ । यो कुराहरु विस्तारै समाधान होला भन्ने आशा छ ।’
यसका साथै, उनले काठमाडौं डिल्लीबजारमा भएको हुलाकको कार्यालयमा चिठी आउने, पठाउने, वितरण गर्ने जस्ता सबै कामहरु हुने गरेको भएपनि ठाउँको अभाव रहेकाले सेवा प्रवाह गर्न कठिन भइरहेको सुनाइन् ।
नागरिक सचेतनामा हुलाक
सरकारले हुलाक सेवाको महत्व र प्रभावकारिता बृद्धि गर्न सचेतना कार्यक्रमहरु आयोजना गरिरहेको छ । विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले जनचेतनामार्फत हुलाकको प्रभावकारिता बढाइरहेको सुनाइन् ।
उनले हुलाकको प्रभावकारितालाई बढाउनका लागि विभिन्न समूदायका विद्यार्थीहरुमा नागरिक सचेतनाका कार्यक्रमहरु गरिरहेको बताइन् । निजी क्षेत्रले पनि विभागसँग समन्वय गरिरहेको जानकारी गराउँदै उनले एकले अर्कोलाई सपोर्ट गरेर सँगसँगै अगाडि बढिरहेको सुनाइन् ।
‘हामीले विद्यार्थीहरुलाई पनि थाहा दिनुपर्ने छ । त्यसैले समूदायस्तरमा पनि विद्यार्थीहरुसँग हुलाकलाई लगेको छौं । पुर्नसंरचना भइसकेपछि हुलाक सेवा तपाइँहरुको अंग बनेको छ है भन्ने कुरा गरिरहेका छौं । नागरिक सचेतनाहरु गर्दैै छौं,’ उनले भनिन् ।
त्यस्तै,महानिर्देशक भट्टराईले हुलाक भन्ने वित्तिकै चिठीपत्र भनेर बुझिने गरेको पाइएको भन्दै उनले हुलाक भनेको टिकट पनि हो भनेर बिर्सन नमिल्ने धारणा राखिन् ।
नचिनेका प्राकृतिक सम्पदा पुरातात्वीक धरोहरहरुलाई उजार गर्ने, इतिहास बचाउने, पर्यटन प्रवद्र्धन र विश्वसम्पदामा सूचिकृत गर्नुपर्ने तर छुटिरहेका कुराहरुलाई वकातल गर्ने जस्ता महत्वपूर्ण विषयमा टिकटको ठूलो भूमिका रहने गरेको उनले बताइन् ।
यति मात्र होइन् उनको अनुसार टिकटको माध्यमबाट चोरी भएको बौद्धिक सम्पत्तिहरुलाई समेत टिकटको माध्यमबाट अनुसन्धान गर्न सकिन्छ ।त्यसैले हुलाक एक अभिन्न अंग बनेको उनको बुझाई छ ।
७ सय ५३ वटा पालिकामा हुलाक
अहिले हुलाक सेवाको पुनःसंरचना भएपछि ७७ जिल्लामा हुलाक पुगेको छ । पहिलाको इलाका हुलाक कार्यालयहरु खारेज भएपछि ७ सय ५३ वटा पालिकामा हुलाक पुगेको छ । एक स्थानीय तह, एक हुलाक कार्यक्रम कार्यान्वयन पनि भएको छ ।
हुलाकले इएमएस सेवालाई पनि बढाउदैँ गएको छ । इएमएस(एक्सप्रेस मेल सेवा)अर्थातउच्च गति, कम प्रिमियम र समयबद्ध ग्यारेन्टी गरिएको डेलिभरी सेवाको सामान्य नाम हो। घरेलु इएमएस सेवा १९९१ मा सात नगरपालिकाहरूबाट सुरु गरिएको थियो र २०१० मा यी स्थानहरूको संख्या ६२ पुगेको छ। अबको हुलाक सूचना प्रविधिमा आधारित हुदैँ अघि बढेको छ ।
हाल हुलाक कार्यालयले वैदेशिक र आन्तरिक हुलाकमा तौलको आधारमा दैनिक कारोबारको हिसाबले २० लाखभन्दा बढिकोकारोबार गर्ने गरेको विभागले जनाएको छ ।
इएमएसले गर्दा वैदेशिक हुलाक कार्यालयबाट, आदानप्रदान हुने चिठी पत्रहरु बढेको छ । त्यसलाई संख्यामा भन्दा पनि तौलको आधारमा आर्थिक वर्ष ०८०।८१ लाई हेर्ने हो भने वर्षभरि भएको कारोबार अहिले तीन महिनामा नै भएको छ ।
हुलाकबाट जाने पार्सल नेपाली एयरलाइन्सको पहुँच जहाँसम्म पुगेको छ त्यहाँसम्म जान्छ । इएसएस भने निश्चित सम्झौता गरिएको देशहरुमा पुगेको छ र अन्य सामान्य चिठी कुटनीतिक सम्बन्ध भएको सबै देशमा पुगेको छ । यसरी हुलाकले प्रविधिमार्फत फेरि बजारमा आफ्नो अस्तित्व देखाउन थालेको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
thunderstorm
17° _ 17°
55%
9 km/h
मंगल
21 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ