विमान दुर्घटनामा मृत्यु भएकाहरुको पोष्टमार्टम जारी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

१० साउन , काठमाडौं : बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पतालमा महाराजगञ्जमा पोस्टमार्टम आज पनि जारी छ। 
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन्। पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक सहभागी छन्। एउटा शवलाई पोस्टमार्टम गर्नका लागि कम्तिमा पनि चार घन्टा लाग्ने चिकित्सकले बताएका छन्।
सबैको पोस्टमार्टम गरेर भोलिसम्ममा परिवार र आफन्तलाई शव जिम्मा लगाउन सकिने पोस्टमार्टममा सहभागी चिकित्सकले बताएका छन्। 
बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दुर्घटना भएको थियो। जसमा परेर मृत्यु भएका १८ जनाको पोस्टमार्टम भइरहेको हो। दुघंटनामा घाइते पाइलट मनिषरत्न शाक्यको उपचार जारी छ। यस्तै सरकारले आज शोकको घोषणा गर्दै नेपालको झण्डा आधा झुकाउने निर्णय गरेको छ। 

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
few clouds
14° _ 14°
67%
2 km/h
शुक्र
26 °C
शनि
12 °C
आइत
18 °C
सोम
20 °C
मंगल
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ