Ad imageAd image

मौद्रिक नीती भोलि सार्वजनिक हुने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

१० साउन, काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने भएको छ। नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए। 
मौद्रिक नीतिका लागि तयारी सम्पन्न भएको र शुक्रबार नै बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठकले तय गर्ने बताए। अघिल्लो वर्ष साउन ७ गते सार्वजनिक गरिएको थियो। यो पटक पनि साउन पहिलो सातामै आउने अनुमान गरिएको थियो। 
अर्थतन्त्र दबाबमा रहेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउला भन्ने चासो छ। शेयर बजारका लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका छन् भने निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ हेरिरहेका छन्।
मौद्रिक नीति समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्‍याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति हो। मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने बताएका छन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने दाबी गरेका छन्।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
clear sky
23° _ 23°
67%
बिहि
25 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ