लुक्लामा मौसम बिग्रँदा रामेछापमा रोकिए पर्यटक

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

रामेछाप । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सगरमाथा क्षेत्र घुम्न जाने पर्यटक मन्थलीमा रोकिएका छन् ।

तुवाँलोका कारण खुम्बु क्षेत्रको मौसममा खराबी आएपछि मन्थली–लुक्लाको नियमित उडान हुन नसक्दा पर्यटकहरू मन्थलीमा रोकिएका हुन् ।

मौसमको खराबीका कारण मन्थलीबाट सोलुका लागि नियमित उडान हुन नसकेको मन्थली विमानस्थलका प्रमुख हिरोण शाहले जानकारी दिए ।

बिहीबार बिहान केही उडान भएका भए पनि शुक्रबार बिहानदेखि उडान हुन सकेको छैन । पर्यटकहरू मन्थली विमानस्थल वरपर विमान उड्ने प्रतीक्षामा बसिरहेका छन् ।

खुम्बु क्षेत्रमा मौसम खराब भएपछि जहाज उड्न नसकेको कारण हेलिकप्टर मार्फत केही पर्यटकहरू फाप्लु र लुक्ला गएका छन् । बिहीबार बिहान एक्कैछिन मौसम खुलेको बेला प्लेन उड्ने भए पनि दिनभरि मौसम खराब हुँदा उडान रोकिएका थिए ।

केही दिन यतादेखि लागेको बाक्लो तुवाँलोको कारण भिजिबिलिटी अति कम हुन गएको छ । जसले गर्दा जहाज उड्न सकेका छैनन् ।

मन्थली विमानस्थलबाट सीता, तारा र समिट एयरका जहाजहरूले पर्यटकहरूलाई सोलु लैजाने र ल्याउने गरेका छन् । काठमाडौंबाट गाडीमा मन्थली आउने पर्यटकहरू यहाँबाट जहाज चढेर सोलु जाने गर्दछन् ।  

नागरिक उड्डयन प्राधिकरणले वसन्त ऋतुको चैतदेखि जेठ महिनासम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थलबाट लुक्लाको लागि यात्रीहरू ल्याउने र लैजाने गरेको छ ।  दिनभरि मौसम खुल्दा एक दिनमा मन्थली– लुक्लाका ६० वटासम्म उडान हुने गर्दछन् । मौसम नखुल्दा पर्यटकहरू गन्तव्यमा पुग्न सकेका छैनन् । जहाज नचल्दा सयौँ पर्यटक मन्थलीमा नै रोकिएर बसेका छन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
haze
22° _ 22°
46%
सोम
30 °C
मंगल
31 °C
बुध
28 °C
बिहि
23 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ