रुमुकमा जन्मिएर विभिन्न कामको शिलशिलामा जापानमा रहेका नेपालीहरुले रुकुमेली समाज जापान गठन गरेका छन् ।
नवराज केसीको अध्यक्षतामा रुकुमेली समाज जापान गठन गरिएको हो । समाजको वरिष्ठ उपाध्यक्ष रामबहादुर डाँगी, उपाध्यक्षमा शिबा खड्का, महासचिवमा दिपक कुमार डाँगीलाई चयन गरिएको छ । त्यस्तै, सचिवमा निर्मला दाहाल, सहसचिवमा पुर्ण बहादुर विष्ट, कोषाध्यक्षमा तुफान केसी, सह कोषाध्यक्ष लक्ष्मण पुन मगर चयन हुनुभएको छ । समाजको सल्लाहकारमा विकास विक, तिलक भण्डारी, नवराज पुन मगर, प्रेम केसीलाई मनोनित गरिएको छ ।
समाजको प्रमुख संरक्षकमा एक्क झकास नकाललाई चयन गरिएको छ । उहाँकै सक्रियतामा समाजको गठन गरिएको हो । त्यस्तै, वरिष्ठ सदस्य बिनाराम बिष्ट, गौरव पुन, किरण भण्डारी, दिनेश नकाल, कुबेर भण्डारी , विराज पुन, चित्र बहादुर खड्का मगर, सुवास ओली, नवीन बिष्ट चयन भएका छन् । त्यस्तै, रविन्द्र भण्डारी, अर्जुन बिक, इन्द्रबहादुर देवकोटा, मिना डाँगी, गीता ओली, निर्मला परियार, उमकुमारी डाँगी, निर्मला डाँगी, प्रकाश बुढाथोकी, सपना खड्का मगर सदस्यमाचयन भएका छन् ।
समाजको पहिलो बैठकले समितिमा मनोनित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा शुभकामना व्यक्त गर्ने, समितिको पदिय जिम्मेवारी बाँडफाँड गर्ने,विभागहरु विभाजन गर्ने निर्णय गरेको छ । त्यस्तै, शाखा समितिहरुसँग अनलाइन बैठक बस्ने तथा ब्यवस्थापन समिति निर्माण गर्ने निर्णय भएको अध्यक्ष नवराज केसीले बताउनुभयो ।