Ad imageAd image

प्रधानमन्त्रीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीसँग राजदूत फेनले भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबीचको सदियौँदेखिको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको छ ।

- Advertisement -
Ad imageAd image

प्रधानमन्त्री ओलीले नेपालको सङ्घीयता र लोकतन्त्रलाई सबल बनाउँदै सरकारले विकास, नीति निर्माणमा युवाहरुको सहभागिता वृद्धि र दिगो विकासका लक्ष्यहरुको कार्यान्वयनका लागि प्राथमिकता दिएको बताए ।

प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पहल गरिरहेको भन्दै दुई ठुला दलबीचको सहकार्यमा सरकार गठन भएकाले यसप्रति जनताले राखेका अपेक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको बताए ।

सोही क्रममा राजदूत फेनले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानूनका विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लाग्न लागेकामा खुसी व्यक्त गर्दै नेपालको विकास, सुशासन र सङ्घीयताको सबलीकरणलगायत क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगको निरन्तरता रहने अवगत गराए ।

राजदूत फेनले नेपाली व्यवसायीलाई बेलायतमा वस्तु निर्यातका लागि थप सहजीकरण गर्ने पनि स्पष्ट पारे ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
scattered clouds
21° _ 21°
71%
1 km/h
शुक्र
28 °C
शनि
30 °C
आइत
32 °C
सोम
31 °C
मंगल
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ