सुरक्षा पन्त अभिनित ‘खेल’ को बुधबार काठमाडौंमा भव्य प्रिमियर

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सुरक्षा पन्तको शीर्ष भूमिका रहेको फिल्म ‘खेल ’को प्रिमियर गरिएको छ । छायाँ सेन्टरको हलमा बुधबारबार बेलुका फिल्म खेलको प्रिमियर गरिएको हो ।

शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा रहेको फिल्मले समग्रमा सकारात्मक समीक्षा प्राप्त गरेको छ ।  शुक्रबारबाट रिलिज हुने उक्त फिल्ममा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, र निकिता आचार्यको प्रमुख अभिनय छ

फिल्ममा भोलाराज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरे लगायतको पनि अभिनय छ ।

नेपालको लोककथा, परम्परा र अध्यात्मलाई थ्रिलर र सस्पेन्स कथावस्तुसँग जोडिएको फिल्ममा ४ जना साथीको कथा प्रस्तुत गरिएको छ जसलाई विगतको एक भयानक घटनाले पछ्याइरहेको हुन्छ । उनीहरूले डरलाग्दा र अलौकिक घटनाको सामना गर्नुपरेको हुन्छ । यसमा कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानी हुन्छ भन्ने दर्शाउन खोजिएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
8°C
Kathmandu
few clouds
8° _ 8°
100%
2 km/h
सोम
19 °C
मंगल
20 °C
बुध
20 °C
बिहि
20 °C
शुक्र
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ